४० थरी फल फल्ने विचित्रको रुख (हेर्नुहोस् भिडियोमा)

अशोज ५, २०७३

एजेन्सी :  रुख जे को हो,  त्यसमा त्यसैको फल लाग्छ । तर यो दुनियमा यस्तो रुख पनि छ जसमा एकथरी होइन ४० थरी फल फल्दछ ।

Tree-for-web-rect

यो विचित्र अमेरिकामा भएको होे । त्यहाँका एक भिजुअल आर्टका प्रोफेसरले एउटा अद्भुत रुख तयार पारेका छन् । ट्री अफ ४० नामले चिनिने यो रुखमा ४० प्रकारका फल फलाइएको छ ।

सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक साम भान  एकेनले यो रुख तयार पारेका हुन् जसको मूल्य झण्डै ३० हजार डलर पर्छ । सन् २००८ मा न्युयोर्क स्टेट एगि्रकल्चरल एक्सपेरिमेन्टका क्रममा २ सय प्रकारका विरुवा भएको एउटा संकटापन्न बगैँचा देखेपछि एकेनलाई यस्तो बहुफली विरुवा तयार गर्ने इच्छा जागेको थियो ।

उक्त बगैँचामा कैयन् प्राचीन तथा दुर्लभ प्रजातिका वनस्पती पनि थिए । उनले उक्त वगैँचलाई भाडामा लिए र फलफूलका बोटहरुको कलमी प्रविधि मार्फत ४० प्रकारका फल फल्ने एउटै रुख तयार पारे । उनले तयार पारेका यस्ता बहुफली रुखहरु अहिले अमेरिकाका विभिन्न ठाउँमा रोपिसकिएको छ ।

हेर्नुहोस् भिडियो

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको