एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

nbn असार १, २०७८

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको अवस्थामा रहेको प्रमुख प्रतिपक्ष दल, सरकारमै रहेर पनि बिभिन्न गुट उपगुट, षडयन्त्र खिचातान र फुटने जोडिने अनी पार्टी परिवर्तन गर्ने घिनलाग्दो प्रवृत्ति । यि र यस्तै प्रकारको घटनाक्रमले नेपाललाई बिश्वमानचित्रमा दिन प्रति दिन कमजोर, गरिब र शक्तिहिन राष्ट्रको रुपमा चित्रित गरेको छ । तर अफसोच यसको रत्तिभरपनि आत्मग्लानी नेपालका कुनैपनि दल र दलका नेताहरुलाई छैन । यसैको परिणाम स्वरुप यस नेपाल राज्यमा बस्ने जो कोही नेपाली नागरीकले अन्य राष्ट्रका नागरीकको तुलनामा आफुलाई निकै कमजोर महशुष गरिरहेको हुन्छ, दिन प्रतिदिन नेपालीहरु गरिब हुँदै गैरहेका छन । शिक्षा, रोजगार, स्वास्थ्योपचार लगायत बिभिन्न नैसर्गिक अधिकाररु जनताले पाउन सकेका छैनन अथवा दुर्गम ठाउँको त कुरै छोडौं सुगम ठाउँमा समेत यसको पहूंच कम हूंदै गएको छ ।
यी सम्पुर्ण अवस्थाहरु नेपालको हो । जतिनै वर्णन गरेपनि जतिनै आलोचना र टिका टिप्पणि गरेपनि नेपालको अवस्था यि र यस्तै खालका हुन् । यहि कमजोरीको एउटा ज्वलन्त उदाहरुण हो नेपालको बिभिन्न क्षेत्रका भुभागहरुमा भारतीय हस्तक्षेप । कहिल्यै फुर्सद भएन यि दलका नेता तथा सरकारका सारथीहरुलाई सिमाना तिर फर्केर हेर्ने । दिन प्रतिदिन चारै तर्फबाट नेपालको सिमाना मिचींदा पनि मौन छन् मस्त छन अनि ब्यस्त छन एक आपसमा लडन सत्ताको भागबण्डा गर्न र अखण्ड नेपाल राज्यलाई खण्डित गर्न । यस्तै अवस्था रहीरह्यो र दिन प्रतिदिन नेपालको भुभाग प्रत्येक नाका बाट लुछने र लुटने क्रम चलिरह्यो र हामी मौन बस्यौं भने यो बिशाल नेपाल राज्य केबल काठमाडौं उपत्यका भित्र मात्र सिमित हुने होकी भन्ने अवस्था नआउला भन्न सकिन्न । नेपालको सिमानामा बस्ने नेपालीहरुको कन्त बिजोग, कस्ले हेर्ने ? कस्ले देख्ने ? अनि कस्ले बुझ्ने ? सिमानामा बस्ने तमाम नेपाली दाजुभाई दिदी बहिनी अनी आमा बुबाको त्यो पिडादायी अवस्था देख्दा यस्तो लाग्छ त्यो त काश्मिरको कथा हो । अफसोच यही संकट बाट केही राहत दिलाउनको लागी सिमानामा रहे बसेका तमाम नेपालीहरुलाई आफ्नो भुमी प्रतिको हक अधिकारको प्रत्याभुति दिलाउनको लागी एउटा राष्ट्रब्यापी कदम चालिएकोछ यसमा सबै नेपालीहरुले साथ र सहयोग दिनुहुनेछ भन्ने आशाका साथ देश र बिदेश जुनसुकै ठाउँमा बस्ने नेपाली नागरीकहरुलाई हार्दिक अपिल गर्दछौं । र यस अभियान का अभियन्ता हुनुहुन्छ नेपाल नागरीक समाजका काठमाडौं उपत्यका संयोजक श्री मनिष मानवज्यू
“Call to Government of India” नामक अभियानमा सामेल भै नेपाल र नेपालीको सुरक्षार्थ एक कदम तपाई पनि चालिदिनुहुन्छ की ………………………….???

भारतीय प्रधान मन्त्रिको कार्यालय सम्पर्क नंं 00९१–११–२३०१२३१२, भारतिय प्रधानमन्त्रिका स्वकिय सचिवालयको नंं. 00९१–११–२३०१३०४०

यो लिङ्कमा पनि क्लिक गर्नुहोस

https://www.facebook.com/heju.nabin/posts/5957305444309625

नेपालको सिमानामा बस्ने नेपाली दाजुभाई तथा दिदी बहिनी हरुले भोगीरहेको समस्या अवगत गराउन सामाजिक अभियन्ता मनिष मानवको नेतृत्वमा कल भारत सरकार नामक अभियान शूरुभएको छ । तराई क्षेत्र बिशेष गरी सिमा नाकामा बस्ने नेपाली दाजूभाई दिदी बहिनी हरुले भोग्दै आएको सिमा समस्या र भारतका एस.एस.बि. तथा भारतिय नागरीक हरुको मनो मानी, ज्यादतीका बिरोधमा र लिपुलेकमा भएको भारतीय अतिक्रमणको बिरुद्ध भारत सरकारलाई यस्ता किसिमको गतिबिधी रोक्न र दवाब दिने उद्येष्यले यो अभियान सञ्चालन गरेको अभियानका प्रमुख अभियन्ता मनिष मानव बताउनु हून्छ । साथ साथै अभियन्ता मानवले कोरोनाको बिषम परिस्थितिलाई ख्याल गर्दै यस्ता किसिमका रचनात्मक बिरोधबाट पनि आफ्नो मागहरु पुरा गर्न सकिने बताउनु भयो । वहाँले थप्दै भन्नु भयो एक थुकि सुकि सय थुकि नदि भन्ने अवधारणालाई मध्यनजर गर्दै प्रत्येक नेपाली नागरीकले भारतीय प्रधान मन्त्रिको कार्यालय तथा भारतका अन्य सरकारी निकायहरुमा कल गरेर दवाव दिने हो भने भारत सरकार कसरी नझुक्ला ? दवाबका लागी एैक्य बद्धता जनाउन भारतीय प्रधान मन्त्रिको कार्यालय सम्पर्क नंं ९१–११–२३०१२३१२, भारतिय प्रधानमन्त्रिका स्वकिय सचिवालयको नंं. ९१–११–२३०१३०४०

https://www.facebook.com/…/pcb…/3010685932534856


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको