गजल : मोहन अभिलाषी

अशोज ५, २०७३
को छ अजर प्रेमको पुजारी यहाँ !
छन् सबै मायाकै भिखारी यहाँ !!

नक्कली प्रेमीको बिगबिगी छ अचेल,
सुम्पन्छन् शरीर, वस्त्र उतारी यहाँ !
जवानीकै मज्जा लुटिन्छ पहिल्यै,
शुरू हुन्छ मायामा गद्दारी यहाँ !
रूप रङ्गको पछाडि दगुर्ने धेरै छन्,
सलबलाउँछन् अझ बलात्कारी यहाँ !
अन्जानमै कसैसँग प्रेम बस्यो अरे,
हतारमै गरिन्छ विहावारी यहाँ !
देखावटी मायाको हावी भएछ,
सच्चा प्रेम भैदियो लाचारी यहाँ !
– मोहन अभिलाषी !
Mohan AVilashi

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।