हुम्लाबासि (हुम्ली)को कालो रात …….!

४ महिना अगाडि

बर्षौ बित्यो जुग बित्यो नेपालमा कैयौं परिवर्तनहरु आए २००७ सालको जनक्रान्ति सफल भयो जनताले केही राहत पाए होलान त्यसै गरी २०४७ सालको जन आन्दोलनले पनि नेपाली जनता लाई पक्कै पनि केही दियो होला अनि २०६३ सालको सत्ता परिवर्तन बाट पनि नेपाली जनताको केही आवष्यकताहरु पुरा भए होलान तर अफसोच हुम्ली तथा हुम्लाबासीहरुको दैनिकी कहिल्यै परिवर्तन भएन । आज सारा बिश्व एक्काइसौं सताब्दीमा बिचरण गर्दैछ तर हुम्लीहरु पन्ध्रों सताब्दीको आसपामा छन भन्दा फरक नपर्ला । आजको दिनमा पनि ४ केजी. चामल, केवल ४ के.जी. चामलको लागी ४ घण्टा पैदल हिडेर सि.डि.ओ. साब को हस्ताक्षर गर्ने प्रक्रीयाहरु पुरा गरेपछि मात्र प्राप्त गर्छन ति हुम्लाका जनाताले ….। हुम्ली बासी हरुको अवस्था देख्दा तपाई हामी आफैं अनुमान लगाउन सक्छौं कि कस्तो दयनिय अवस्था बाट गुज्रिरहेको छ हुम्ला बासिको जनजिवन । हरेक वर्ष हिउँदको मौसम शुरु हुना साथ हुम्ला वासिको जिवनमा अध्यारो अनी कालो बादल मण्डराउन थल्छकी यस वर्ष चामल खान पाईने हो की होईन । नत बाटो घाटो अनी पक्की सडक नत कुनै सवारी साधन र मालसामान ढूवानी को बैकल्पीत ब्यवस्था । केवल हवाई मार्ग बाट मात्र चामल अन्न पात तथा अन्य खाध्य सामग्री ढुवानी गरीन्छ, यदी महिनौ दिन सम्म पनि उडान हुन सकेन भने जुम्लाका बासिन्दाहरु प्नि महिनौ दिन सम्मनै भोकभोकै रहन बाध्य हुन्छन । आज तिनमहिना पश्चात बितरण हुँदैछ हुम्लामा चामल । के यतिनै काफी छैन हुम्लाबासिको जनजिवनको बारेमा बुझ्नलाई…….?
के यही हो लोकतन्त्र…..? दुर्गमका बासिन्दा नेपाली जनता होईनन…? खोई ति जनतालाई लोकतन्त्रको आभास …? कैले सम्म सुध्रीने हुम्लाबासिको जनजिवन…? यी र यस्तै खाले प्रश्नले सताईरहन्छ हुम्लाका बासिन्दालाई ……? तर पनि मौन रहन्छन हरेक चुनावको जितपछि सरकारका पदाधिकारीहरु ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट