हस्तारेखाको माध्यमबाट यसरि थाहा हुन्छ प्रेम विवाह कि मागी विवाह

अशोज ६, २०७३
 हाम्रो हातमा विभिन्न प्रकारका रेखा हुन्छन् । ती रेखाले नै हाम्रो सम्पूर्ण जीवनका विषयको कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीहरुको दावी छ । हातमा भएका रेखामा खासै परिवर्तन नहुने र जीवनभरी त्यसको प्रभाव रहने बताइन्छ । हाम्रो हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् ।
हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा भविष्यवाणी गर्न सकिन्छ । विवाह रेखासँग सन्तान रेखा समेत हुने बताइन्छ ।

विवाह रेखा कहाँ हुन्छ ?
विवाह रेखा कान्छी औंलीकोको तल्लो भागमा हुन्छ । यसलाई बुध पर्वत पनि भनिन्छ । बुध पर्वतको अन्त्यमा केही गहिरो रेखा हुन्छ । त्यसलाई नै विवाह रेखा भनिन्छ । यस्ता रेखा एक मात्र नभएर धेरै पनि हुन सक्छन् ।

एक भन्दा बढी विवाह रेखा हुने ब्यक्तिका प्रेम प्रसंग बढि हुने र धेरै जनासँग नजिकिने ज्योतिषहरुले बताउँछन् । यी रेखाहरु बढी तलपट्टि गएका छन् भने यस्ता ब्यक्तिको बैबाहिक जीवन राम्रो हुँदैन । कुनै स्त्रीको हातमा विवाह रेखाको शुरुमै टापु जस्तो चिन्ह छ भने यस्ता महिलाले सौता ब्योहोर्नु पर्ने वा झुक्याएर विवाह गरिदिने खतरा हुन्छ । यस्ता महिलाका पतिलाई %E


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।