सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
कतिपयलाई यात्रा भन्ने वित्तिकै निकै रमाइलो लाग्छ त कतिपय यात्रा देखि तर्सनछन् । लामो यात्रा गर्दा टाउको दुख्ने ,रिगंटा लाग्ने र वान्ता हुने व्यक्रि त यात्रा गर्ने भन्ने वित्तिकै तर्सन्छन् । यात्रामा हुने बिरामीलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो ।
त्यस्तै भिडियो गेम खेल्दा र माइक्रोेस्कोपबाट हेर्दा पनि मोसन सिकनेस हुनसक्छ । यी सबै अवस्थामा आँखाले गति अथवा चहलपहललाई देख्छ, तर हाम्रो शरीरले त्यसलाई अनुभूत गरेको हँुदैन । दिमाग र शरीरबीच तालमेल नहुँदा मोसन सिकनेस हुन्छ । यो पाँचदेखि १२ वर्षका बच्चा, महिला र बुढापाकालाई बढी हुन्छ ।
मोसन सिकनेस शरीरका इन्द्रियहरूको सन्तुलनसँग सम्बन्धित छ । जब कान, आँखा र शरीरले गति अथवा चहलपहलसम्बन्धी सूचनालाई विरोधाभाषपूर्ण ढंगले हाम्रो दिमागमा प्रवाह गर्छ, तब मोसन सिकनेस हुन्छ । हाम्रो शरीर गतिमा छ भने भित्री कान (लेबिरिन्थ) ले थाहा पाउँछ तर, शरीरका अरु भागले त्यो थाहा नपाउँदा फरक फरक सूचना हाम्रो मस्तिष्कमा पुग्छ । उदाहरणका लागि, तपाईँ बसमा हुनुहुन्छ भने तपाईँको शरीर हल्लिरहेको हुन्छ । जसलाई तपाईँको भित्री कानले चाल पाउँछ । तर, तपाईँको आँखाले यो हलचल देख्दैन । यस्तो विरोधाभाषको सूचना मस्तिष्कमा पुग्दा मोसन सिकनेस हुन्छ ।
आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं ।
१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।
२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।
३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।
४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ ।
५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।
६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ ।
यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ । अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका