यस्तो गल्ती नदोहोरियोस्

अशोज ८, २०७३
sसन्तोष दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका समयमा पत्नी सीता दाहालको प्रस्तुति हाउभाउ र कूटनीतिक गतिविधि बारे पछिल्लो समयमा निकै चर्चा र परिचर्चा बाहिर आए । यस विषयमा धेरैले प्रश्न उठाएपछि माओवादी केन्द्रका नेताहरूले व्यक्तिगत र तल्लैस्तरमा उत्रेर सीताको सन्दर्भ उभ्याइएका गलत अर्थ लगाइएको, फोटोसप गरिएको फोटो हालेर अफवाह फैलाएको प्रतिवाद मात्र गरेनन् । गालीगलौज र धम्कीका भाषाहरू समेत प्रयोग गरी छुद्र टिप्पणी गरे ।
प्रथम महिला किन मुस्कुराइनन् भन्ने चर्चा परिचर्चा व्यापक भयो । हुन त उनका व्यक्तिगत तस्बीर अहिलेसम्म राम्रोसँग मुस्कुराएको अवस्थामा देखिएको छैनन् । त्यसमाथि पनि प्रधानमन्त्री आफैँ नै हात बाँधिएर उभिएको प्रशंगले पनि सनसनी बनायो । प्रथम महिला वा फस्र्ट लेडी भन्ने चलन अमेरिकाबाट सुरु भएको हो । जसअनुसार राष्ट्रपति वा सरकार प्रमुखको श्रीमतीलाई प्रथम महिला भनी कूटनीतिक मान्यता विशिष्ट स्थान दिइन्छ । औपचारिक भ्रमणहरूमा प्रथम महिलाको उपस्थितिले विशेष अर्थ राख्दछ ।
हेरक समुदाय र देश विशेषको आ–आफ्नै संस्कृति र संस्कार हुन्छ जुन अरुको देश वा समाजको लागि नौलो र अपाच्य पनि हुन सक्दछ । पश्चिमाहरू भेटभाटको अवसरमा अँगालो हालेर गालामा म्वाइँ समेत खान्छन्, जुन हाम्रो देशको सांस्कृतिक र सांस्कारिक हिसाबले छाडापनको रुपमा लिइन्छ । तसर्थ आफ्ना परिवेश विशेष र महत्वपूर्ण हुँदाहुँदै पनि कूटनीतिक रुपमा सुहाउँदो गरी सफा पहिरन, हँसिलो अनुहारमा उभिने, बस्ने तरिका, खाना खाने तरिका, बाथरुममा हात धुने तरिका समेत कूटनीतिक कर्मचारीलाई सिकाउने चलन धेरै देशहरूमा छ ।
त्यस्तै हाम्रो देशमा पनि कुटनीतिक कर्मचारीमा लागि केही निश्चित आचारसंहिताहरू बनाइएका छन् । तिनले मात्र होइन, अन्तर्राष्ट्रिय उच्चस्तरका भ्रमणमा जाने हरेक सदस्यले यसबारे विशेष ध्यान किन दिनुपर्छ भने तीनले देशको प्रतिनिधित्व गरिरहेको हुन्छन् । त्यहाँ हुने एकजनाको सानै गल्तीबाट पनि सिंगो देशकै बद्नाम हुने गर्दछ । त्यस्तै सीता दाहालको हात बाँधेर ठुस्स परेर पछाडि फर्किएको फोटोबारे बढी चर्चा परेर पछाडि फर्किएको फोटोबारे बढी चर्चा भएको रहेछ । त्यो एक फोटोसेसनको अवसरमा थियो जहाँ उहाँले आफ्नो मर्यादाबारे विचार पु¥याउनु पर्ने थियो । उहाँ एक सामान्य गृहिणीमात्र होइनन्, देशको कार्यकारी सरकार प्रमुखकी श्रीमती अर्थात् प्रथम महिला पनि हुन् । उहाँको सम्मान भनेको समग्र देशकै सम्मान हो । अब उप्रान्त यस किसिमका औपचारिक भ्रमणहरूमा हुने भेटघाटमा भारत भ्रमणमा भएका गल्ती अन्य देशमा नदोहोरिउन् भन्ने हाम्रो मान्यता र चाहना हो

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको