प्रधानमन्त्री प्रचण्ड लाई सन्तोष को खुल्ला पत्र

अशोज ९, २०७३

14469327_1087986621250564_1749731406_n

प्यारा,

सौतेनी जेठा बा ‘प्रचण्ड’
राजनीतिक र तपाइको पार्टीगत सैलिमा तपाइलाई ‘लालसलाम’ अनि नेपाली सैलिमा तपाइलाई नमस्कार । जेठा बा, लेख्नु पर्ने कुराहरु त धेरै छन् सकेसम्म यो पत्रमा सबैलाई समेट्ने कोसिस गर्नेछु। जनयुद का सहिद हरुलाई,पार्टीका सिद्दान्त हरुलाई,देश को राजनीति लाई,अनि जेठा बाको क्रान्ति लाई समेट्ने छु ।

आज भन्दा २१ वर्ष पहिले देश बिकाशको नारा दिएर क्रान्ति गर्छु भन्दै जंगल जान्छु भनेर घर बाट बिदा हुनु भयो । तर पछि थाहा भयो जंगल जान्छु भनेर तपाई भारत पस्नु भएछ । क्रान्तिका नाम मा कयौ कलिला हात हरुमा बन्दुक थमाई दिनु भयो । कयौ कलिला सपनाहरु तपाइको क्रान्तिको लागि ढाल बनेका थिए । कयौ चेली हरुको सिउदो पुछियो, कयौ कलिला लालाबाला हरु टुहुरा भए,कयौ आमा हरुको काख रित्तिए अनि कयौ रगतका खोला बगे। यो सब तपैकै क्रान्ति का लागि भए । हामी पढ्ने स्कूल पड्कियो, बारैमास बढी आउने खोला तर्ने पुल भत्किए,सोझा साझा माथि चन्दा आतंक भयो । बस तपाईकै क्रान्ति का लागि । तपाई भने भारत को सरन मा बसेर सबै रमिता हेरी रहनु भयो ।

धेरै वर्ष पछि फर्किएर आउदा हामी नेपालीहरुलाई उपहार सोरुप भत्किएको स्कूल, पड्किएको अस्पताल,अनि छिया(छिया भएर चर्किएको देश दिनु भयो । १७ हजार सहिद भए अनि देस ५० वर्ष पछाडी धकेलियो । तपाइको जंगली क्रान्ति पछि पनि नेपालीले तपाइलाई नै राष्ट्र प्रमुख बनाए तर बिडम्बना तपाइ एकवर्ष पनि टिक्न सक्नु भएन । जनता ले लुटिएको भुले, कुटिएको भुले, चन्दा र आतंक बाट सताएको भुलेर पनि तपाइलाई अनि तपाइको पार्टीलाई प्रमुख बनाए । तर तपाइमा अहमता छायो,मेरो क्रान्ति ले मलाई प्रथम बनायो भन्ने सोच्नु भयो। तर तपाइलाई प्रमुख बनाउनु को कारण अर्कै थियो । जनता हरु थाकेका थिए तिम्रो क्रान्ति देखेर ।

रगत को होलि फेरी खेल्न नपरोस, भाई(भाई लड्न नपरोस,चेलीको सिउदो नपुछिओस, आमाको काख फेरी नरितिओस भनेर नै तपाइअनि पार्टी लाई प्राथमिकता दिएका हुन् ।कथित जनयुद्द मा हात खुट्टा मात्र हैन टाउको काटिएको भुलेर तपाइलाई राष्ट्र प्रमुख बनाए झिनो आशा सहित । कयौ निर्दोस को घाटी रेटेको अनि पढ़ाउदै गरेको गुरु लाई कछया कोठा बाट थुतेर दुइ हात पछाडी बाधेर गोलि हानी मरेको पनि भुले जनता ले केवल शान्तिको लागि ।

कहिले धर्म मा राजनीति गर्नुहुन्छ, कहिले जात(जातीको को नाम मा । आफ्नै पार्टी टुक्रा टुक्रा भएको तपाइलाई आभास भएन। खै अब कसरि तपाइको राजनीति मा जनताले विश्वास गर्ने । हजुरले सुरु गरेको क्रान्ति ले तपाइको पार्टी को कस्तो हालत भयो हेर्नुस । तपाईकै सहयात्री डाक्टर बा ले फेरी नया सक्ति खोले । पहिला बन्दुक पद्कौदै गाऊबाट क्रान्ति गरे अहिले माईक बजाउदै सहर बाट क्रान्ति गर्दैछन। बैध बा को त कुरै नगरौ,आदर्श र सछ क्रान्ति गर्छु भन्दै अहिले कता बिलाए पत्तै छैन । विप्लप चै बन्दुक कै भरमा क्रान्ति गर्छु भन्दै बन्दुक छोडदिन भन्दैछन।

जेठा बा, दोस्रो पटक फेरी राष्ट्र प्रमुख हुनुभाको छ । नाकाबन्दी गरेर नेपालीको गास लुट्ने भारत संग तालिम लिएर,हतियार लिएर,बल लिएर देश मा आतंकको खेति गर्नु भयो । अहिले भारत कै इसारामा तपाई फेरी राष्ट्र प्रमुख हुनुभएको छ ।अहिले फेरी लोकमानको मुद्दा र टिकापुर हत्या काण्ड को विवाद मा मुछिनु भएको छ । अब लोकमान को मुद्दा सर्बोच बताई हराउन बेर छैन किन कि लोकमान बचाउन तपाइनै लागि पर्नु भएको छ । टिकापुर हत्या काण्डको मुद्दा फिर्ता लिन खोझ्दै हुनुहुन्छ, अनि दिल्ली गइ संचार मध्हेम हरुमा तराई आन्दोलन को लिडर म पनि थिए भन्दै हुनुहुन्छ । आखिर किन येसो गर्दै हुनुहुन्छ रु एकपटक भुकम्प पिडित को बारेमा त सोच केहि गर्नुस, देस पुरै आसु मा डुबेको बेला मलम बनेर पिडित को उद्दार मा जुट्नुस। अब यो नै अन्तिम समयेहो आफुलाई सुदारने । भारतको गुलामी गर्दै राष्ट्रघाती सम्जौता नगर्नुस।

– सन्तोष बडाल
हाल युरोप


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट