सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
स्वास्थ्य मन्त्री गगन थापाले पैसाको अभावमा उपचार नपाएर कसैलाई मर्न नपरोस् भनेर बताईरहेका बेला प्यूठानमा भने एक युवती १० महिना देखि दुबै मृगौला फेल भएर उपचार खर्चको अभावमा मृत्युसँग जुधिरहेकी छिन् ।प्यूठानको तुषारा गा.वि.स वडा .न.९ कुता निवासी २१ बर्षीय सिता पोख्रेल मृगौला रोगबाट पिडित छिन् ।४ जना दिदीभाईमध्ये की जेठी छोरी सितालाई १० महिना अगाडि एक्कासी बान्ता हुने समस्या देखा परेको थियो । ज्वरो आउने र बान्ता हुने समस्या देखिएपछि उनलाई परिवारले जिल्ला अस्पताल बिजुवारमा ल्याएका थिए । तर, अस्पतालमा गरिएको उपचारले निको नहुंदा सिद्धार्थ सिटी हस्पिटल भैरहवा लगेपछि दुबै मृगौला फेल भएको थाहा पाएको उनका भाई मधुसुदन पोख्रेलले बताए।
आफूलाई सन्चो भएपछि एस.एल.सी पास गर्ने ठुलो आशा बोकेकी २१ बर्षीय युवती यतिबेला उपचारको अभावमा छटपटाईरहेकी छिन् । सामान्य परिवारमा जन्मिएकी उनी आर्थिक अभावका कारण समयमै उपचार हुन नसक्दा जिवन र मरणको पिडामा तड्पिएकी छिन् । पिडित पोख्रेलका भाई मदुसुधन पोख्रेलले गहभरि आँसु लिँदै भने, “बुबाले भारतमा मजदुरी गर्नुहुन्छ, त्यो पैसाले हामीलाई खान पनि राम्रोसंग पुग्दैन उपचार केले गर्ने ? दिदीको यो अवस्था छ, सबै जना दिदीको साथमा हुँदा पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा गरिब हुनुमा निकै पिडाको महसुस भएको छ ।
पोख्रेल परिवारले ३ पटकसम्म दिल्ली लगेर उपचार गर्दा गाउँका स्थानियहरु सँग ऋण लिएको ३ लाख र आफूसँग भएको ३ लाख ५० हजार सकिएको ताएको छ । थप उपचारका लागि खर्च अभाव हुँदा उपचारमा कठिनाई भएको बुबा बसन्त जैसीले बताए । ‘अहिले उसको अवस्था साह्रै चिन्ताजनक छ ,बेला बेलामा बेहोस हुन्छिन तर उपचारका लागि कतै लैजान सकेका छैनौं,’ उनले भने । आफूसँग उपचार गराउने कुनै उपाय नभएपछि सहयोगी हातहरुको अपेक्षा पीडितको परिवारले गरेको छ । भन्छन्, ‘कोही सहयोगी मनहरुले सहयोगका हात बढाइदिए छोरी बचाउन सकिन्थ्यो ।’
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका