पानी : किन र कति पिउने?

अशोज ९, २०७३
पानी जीवनको आधार हो। धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्य स्वीकारेका छन्। जीवन जीउनका लागि पानी अत्यन्त महत्त्वपूर्ण तत्त्व हो। पृथ्वी र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ। तर पनि यसको महत्त्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका छौं।
 exercising-with-water-southbay
हाम्रो शरीर रचनामा सर्वाधिक (६०-७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव-रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्षरूपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगिन नै पानी हो। हाड जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ। पानीलाई जीवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ। विभिन्न जैव रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा आफँै पनि संलग्न हुने, विभिन्न तत्त्वको परिवहन गर्ने/गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याहउने काम पनि पानीले नै गर्छ। एउटा बयष्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ। शरीरमा रहने पानीको दुई तिहाई हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ।

शरीरमा पानीको सन्तुलन बनाइरहनका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानीको आवश्यकता पर्छ। जसमध्ये ७०० मिलिलिटर (मिलि) पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३०० मिलि पानी शरीरभित्रै उत्पन्न हुने गर्छ। बाँकी हिस्सा भने पानी पिएर नै पूरा गर्नुपर्छ। यसैगरी शरीरबाट हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर, ४०० मिलि पानी श्वाससँगै घुलेर, १५० मिलि पानी दिशासँग मिसिएर र बाँकी पानी पिसाबका रूपमा बाहिर जान्छ।

पानी पिउनुका फाइदा :
१) शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्या उँछ।
२) उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्त तत्त्वहरु, सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस जस्ता इलेक्ट्रोलाइट (नून)हरु र अन्य उत्पादनलाई निष्काशन गरी रक्त शुद्धीकरणमा सहयोग पुर्याउँछ।
३) छालाको सौन्दर्यलाई जीवन्त राख्छ। माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्छ। कोषहरुमा हुने अक्सिडेटिभ स्टे्रस निवारण गर्न सहयोग गर्छ।
४) पाचनपश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्त्वहरु निकाल्नका लागि पनि पानी आवश्यक पर्छ।
५) तिर्खा लाग्नुभन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मिर्गाैला तथा पित्तथैलीका पत्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिन्द्रा, एसिडिटी, ग्याष्ट्रिक, अल्सर, कब्जियत, अर्स, मधुमेह, चाया, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बढ्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ। यी रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्छ।

पानी कति पिउने ?
१) पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसममा निर्भर गर्छ। सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखि ४ लिटर पिउन जरुरी छ। अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ।
२) सामान्यतया पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले ज्यादा पानी पिउन जरुरी छ। सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउन आवश्यक छ।

कसरी पिउने पानी ?
१) तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो। त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौं। एकै पटक धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि राम्रो होइन।
२) बिहान उठ्नेबित्तिकै लगभग १२०० मिलि जति पानी पिउनु स्वस्थकर हुन्छ। यसो गर्दा रातभर सुत्दा हुनसक्ने डिहाइड्रेसन (निर्जलता) कम गर्न सहयोग गर्छ।
३) ठोस भोजन गर्नुभन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टापछिसम्म पानी पिउन हुँदैन। भोजन निल्न कठिन भएमा १० मिलि जति पानी लिन सकिन्छ तर भोजन लिइसकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठिन हुन्छ। फलतः विभिन्न प्रकारका पेटका रोग लाग्न सक्छन्।
४) राति सुत्नुभन्दा अगाडि पनी प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्छ। यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन।
५) यसका अलवा दैनिक १-१ घण्टाको अन्तरालमा १ देखि २ ग्लास पानी पिइरहनुपर्छ।
६) खेल्दा, कुद्दा र परिश्रम गर्नुभन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो। तर परिश्रम गरिरहेको समयमा वा श्रमपश्चात् लगत्तै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइट (नून) हरुको सन्तुलन बिग्रन गई आपतकालीन स्थिति पनि आउन सक्छ। साथै श्रमको समयमा पानी पिउँदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दबाब पर्न जान्छ।
७) तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं, कोल्ड ड्रिङ्क्स तथा अन्य पेय होइन।
८) पिसाबलाई पहेंलो हुन नदिउँ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको