गजल : बिजय कुमार बस्नेत

अशोज ९, २०७३

12049442_431546243719921_16596942044497090_nबिजय कुमार बस्नेत 

अब फाटेका मन टाल्दै हिँड्छु ।
निभेका दियोहरु बाल्दै हिँड्छु ।।
जति छन् सकारत्मक अंगालेर,
नकारात्मक सबै फाल्दै हिँड्छु ।
आउँछ यात्रामा बाधा अड्चन,
डराउँदिन पाइला चाल्दै हिँड्छु ।
फुलाउनुछ अब यहाँ फूलहरु,
पसिनाको सिँचाई हाल्दै हिँड्छु ।
फुल्न दिने त छैनन् सत्रुहरुले,
जो हुन्छ तगारो ढाल्दै हिँड्छु ।
प्रतिक्षाको फल मिठो हुन्छ,
अब मनभरी आसा पाल्दै हिँड्छु ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज