धसिङ्ग्रेबाट तेल निकाल्न सुरु

अशोज १२, २०७३

काठमाण्डौँ : लेकाली जंगलमा पाइने वनस्पति धसिङ्ग्रेबाट तेल निकाल्न सुरु गरिएको छ । पाँचधरको सिदिन र लुङरुपाको जंगलमा पाइने धसिङ्ग्रेको पातबाट तेल उत्पादन सुरु गरिएको हो । धसिङ्ग्रेको पातलाई बफयाएर कच्चा तेल उत्पादन थालिएको हो ।

सिदिन–२ को बुढीथाम जडिबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपाको मकैबारी ठूलीटार जडिबुटी तथा तेल उत्पादन केन्द्र मार्फत कच्चा तेल उत्पादन गर्न थालिएको हो । स्थानीय र आधुनिक प्रविधि मिसाएर बनाइएको मेसिनबाट तेल उत्पादन सुरु गरिएको हो । स्थानीय सामुदायिक वनसँग मिलेर कच्चा तेल उत्पादन थालिएको उत्पादक लिलाबहादुर गुरुङले बताउनुभयो । सामुदायिक वनसँग हरेक वर्ष ५ प्रतिशतले बढ्ने गरी पहिलो वर्ष ५० हजार रुपैयाँ रोयल्टी दिइएको उहाँले बताउनुभयो । यो तेल औषधिको रुपमा प्रयोग हुने गुरुङले जानकारी दिनुभयो । उत्पादित तेल लिटरको दुई हजार दुई सय रुपैयाँको दरमा बिक्री हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको