गायन संगै समाज सेवामा हेमन

अशोज १७, २०७३

14542614_1136759526378324_333043555_n

 

काठमाण्डौ ,
गायक हेमन मोक्तानले आफ्नो दोस्रो एल्बम फर्माइस बिमोचनको गर्ने बेलामा गरेको बाचा पुरा गरेका छन् । उनले कतारमा एक महिने कन्सर्ट गर्ने र त्यसबाट संकलित भएको रकम एचआईभी पिडित बालबालिकालाई हस्तान्तरण गर्ने बताए अनुरुप नै आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट रु ४ लाख १६ हजार ७५ रुपैया बेबी लाईफ होमलाई हस्तान्तरण गरेको हो ।14580513_1136759316378345_1945364683_n

 जहाँ २४ जना एचआईभी पिडित बालबालिका अध्यन गरिरहेका छन् ।

’सामान्य स्कुलमा भर्ना समेत नलिने यी बालबालिकाको अवस्थाले जसको पनि मन छुन्छ यसैले यिनको शिक्षा र स्वास्थ्यको कोष स्थापनार्थ यो सहयोग गरेको हु’ हेमनले सहयोगी भावमा बताए । आफ्नै नाममा हेमन मोक्तान फाउन्डेसनको स्थापना गर्दै सोहि फाउन्डेसन मार्फत उनले चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा हेमनको यो प्रयासलाई प्रमुख अतिथि माधवकुमार नेपालले तारिफ गरेका थिए ।
’युवाले चाहनु पर्छ सहयोग भनेको सानो ठुलो हुदैन र हेमनको सुरुवात राम्रो छ , यसले निरन्तरता पाओस’ पूर्वप्रधानमन्त्री नेपालले भने ’हामीले पहाड चढ्दा माथि हैन तल हेर्नु पर्छ नि थाहा हुन्छ कति माथि छौ त्यसैले हेमन जी अगाडी बढ्नुस , तपाइको पाइला सफलता तीर लम्किदै छ ।’ 14528492_1136759406378336_939540162_n
यसरि नेपालले हेमनको पहिलो प्रयासको तारिफ मात्र गरेनन अगाडी बढ्नको हौसला थप्दै सहयोग गर्ने वाचा समेत गरेका थिए । सोहि अवसरमा गायक मोक्तानले आगामी दिनमा हेमन मोक्तान फाउन्डेसन मार्फत बालबालिकालाई अगाडी बढाउदै आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिने बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको