कविता : म तिम्रो अलङ्कार, तिमी मेरी कविता

अशोज १९, २०७३

14494781_1264463130272954_5657347098909745102_n

अजय अलङ्कार

लेखेँ अबेरसम्म
लेखिरहेँ र, हेरेँ ओल्टाई–पल्टाई

हेरिरहेँ
भैदिएन कविताको जस्तो मुहार
दिएन सौन्दर्यको मुस्कान
अनि केरेँ पटकपटक  केरिरहेँ
विचरी ! मेरी कविता !

कति दुःख गर्नुप¥यो,
कति चोट सहनुप¥यो
कति संघर्ष गर्नुप¥यो होला
विचरी ! मेरी कविताले !
थाहा छैन,
भोक के हो ? दिनहरूमा
निन्द्रा के हो ? रातहरूमा
सुनसानबीच बलिरहेछ मधुरो बत्ती
एकाछेउबाट भित्तादेखि
घडीको काँटाले भनिरहेछ–

ए कविता,
तिमीलाई निन्द्रा आएन ?
मध्यरात ढल्किसक्यो
विचरी ! मेरी कविता,
अझै निदाउन भ्याएकी छैन !

आशा छ, विश्वास छ मलाई
एक न एक दिन
हुनेछ परिपक्व
र, पाउनेछु मेरी कवितामा
भाव, रस, बिम्ब, प्रतिक, अलङ्कार,

रोएकोलाई हँसाइदिने,
हाँसेकोलाई रुवाइदिने शक्ति
जसले तताउँनेछ प्रत्येक मञ्चलाई
चन्द्र–सूर्य बनी चम्काउँनेछ
गुम्बा, मन्दिर, मस्जिदका शिरहरू
अनि नाच्नेछन् नीलो गगनमुनि
रारा र च्छोरोल्पाहरू
बग्नेछन् गण्डकी, कोशी र कर्णालीमा
काव्य उन्मादहरू
तराई, पहाड, हिमाल
पूर्व, पश्चिम, उत्तर, दक्षिण
सारालाई ब्यूझाउँनेछ मेरी कविताले
फेरि एकपटक बोलाएर बुद्घलाई
देशको आँगनमा पोत्नेछे नीलो रंग ।

म विस्वस्त छु,
सुन्दर मुहार र अजम्बरी भाव लिएर
म भित्रबाट
यसरी निस्कनेछे मेरी कविता
म मरेर जाँदा पनि
एक्लैएक्लै बाँच्नेछ सय जन्म
जनजनका आत्मामा घुसेर
र, सम्बोधन गरिरहेको हुनेछु–
म तिम्रो अलङ्कार,तिमी मेरी कविता !

वास्तविक नाम – डिल्ली शेर कुलङ
ठेगाना – गुदेल २ ,सोलुखुम्बु
शिक्षा – स्नातक तह
हाल – जोरपाटी,काठमाण्डौं
प्रकाशित कृतिहरु –
“पहिलो नजर”लोक दोहोरी गीति एल्वम २०६५
“शन्देश” लोक आधुनिक गीति एल्वम २०६५
“झुपडीको आँशु” गीती संग्रह २०६७
“मेरी आमा” मुक्तक संग्रह २०६९
सम्पर्क – ९८५११४१३४७

dsajayaa@gmail.com


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको