साहरुखलाई वानखडे स्टेडियम प्रवेश गर्न लगाएको प्रतिवन्ध ३ बर्षपछि फुकुवा

अशोज २०, २०७३

काठमाण्डौँ : बलिउड नायक साहरुख खानलाई एक घटनामा क्लिन चिट मिलेको छ । सन् २०१२ को आइपिएलमा साहरुखको क्रिकेट टिम ‘केकेआर र मुम्बई इन्डियन्स’को खेलपछि साहरुखले त्यहाँका सुरक्षा गार्डसँग बिबाद गरेको बताइएको थियो ।Bollywood-Actor-Shah-Rukh-Khan

साहरुखले आफ्ना बच्चाका अगाडि नराम्रो शब्द प्रयोग गर्दै गार्डलाई गाली गरेको आरोप लगाइएको थियो ।यो घटनापछि सामाजिक कार्यकर्ता अमित मारुले पुलिसमा उजुरी दिएका थिए । साहरुखले बच्चाको अगाडि गाली गरेको भन्दै उनी विरुद्ध कारवाहीको माग राख्दै उजुरी दर्ता गरिएको थियो । यो घटनापछि मुम्बई क्रिकेट एसोसिएसनले साहरुखलाई वानखडे स्टेडियम प्रवेश गर्न ५ बर्षका लागि प्रतिवन्ध नै लगाएको थियो । तर, यो प्रतिवन्ध ३ बर्षपछि फुकुवा भैसकेको छ ।

प्रहरीमा परेको उजुरीमा कुनै प्रमाण नभेटिएको भन्दै साहरुखलाई क्लिन चिट दिइएको छ । साहरुखले बच्चाको अगाडि गाली गरेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको