कविता : देश दुखेको बेला

अशोज ३०, २०७३

Baburam

मलाई छैन कुनै उमङ्ग
दसै आओस्  या तिहार
भाला खोपिएको छ अङ्ग अङ्गमा
सोला रोपिएको छ मर्म मर्ममा
छचल्किएको छ अश्रु नयनभरि
र देश डुबुल्किँदो छ त्यही अश्रुमा
त भन न
म कसरी हाँस्न सक्छु
सिङ्गो देश दुखेको बेला

ढोका थुनेर आमा कुटिएको छ
भाइ फुटेर काख लुटिएको छ
विभाजित छ यहाँ भातृत्व
संकटमा छ यहाँ मातृत्व
न गास छ न वास छ
न सकसको कुनै निकास छ
त भन न
म कसरी मुस्काउँन सक्छु
नेपाल आमा रोएको बेला

जन्जिरले बाँधिएकी छिन् आमा
सास निसास्सिएको छ
न छ कोही प्राण दाता
भोकले प्याक् प्याक् छन् सन्तान
न छ कोही अन्नदाता
विभाजित भएको छ राष्ट्रियता
खण्डित भएको छ एकता
छैन आमाको पक्षमा भाग्य विधाता
त भन न
म कसरी नाच्न सक्छु
मेरी आमाको हात  पाउ बाँधिएको बेला

आफ्नै घरमा आगो लगाएर
छिमेकीलाई खरानी बाड्ने उत्सव मनाउँदा
माटोको पनि जलन मन्द मन्द छ
हाहाकार छ, कुरीतिको दुर्गन्ध छ
घर बनाउँन छिमेकी गुहार्दा
असन्तुलित सम्बन्ध छ
यसरी रहला र के सग्लो सगरमाथा ?
वीर सहिदको गौरव गाथा
त भन न
म कसरी रमाउँन सक्छु
आमाको स्वाभीमान लुटिएको बेला

 

त्यसैले
छैन मलाई कुनै उमङ्ग
दसैँ आओस् या तिहार
न छ शान्ति न छ उल्लास
कसरी आउनु खुसीको बहार ।।।
– बाबुराम काफ्ले

भीरकोट ४ दोलखा

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको