उर्जाको नव उर्जा आँखामा (हेर्नुहोस् भिडियो)

कार्तिक २, २०७३

मनुका कुँवर/काठमाडौँ : उसो त उर्जा ब्यान्ड पूरानो ब्यान्डको नाम हो, केहि समय निष्क्रिय रहँदा ब्यान्डप्रेमी धेरैले सायद बिर्सिसकेका थिए यस्लाइ । तर ब्यान्डकै पूराना सहित अन्य ब्यान्डका सदस्य समेत मिलेर पूनःब्युँताइएको नव उर्जाले गत असोज २२ गते “आँखा आँखा जुधे अनि” बोलको नेपाली रकपप गीतको म्युजिक भिडियो रिलिज गर्दै उहि उर्जा उजागर गरेको छ । उक्त भिडियोमा चपली हाइट-२ की नायीका मरिष्का पोखरेल र मोडल अनुजरत्न शाक्यको अभिनय देख्न सकिन्छ । गीतको शब्द र संगीत उर्जाकै सिर्जना हो ।भिडियोको क्यामेरा,सम्पादन र निर्देशन सुदीप मानन्धरले गरेका हुन् । ब्यान्डका भोकलिष्ट प्रशान्त शर्मा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय छन् । प्रशान्तकै दाजु रोशन शर्मा र दिलिप ओडारी भने पूरानै उर्जाका सदस्य समेत हुन् । भारतमा संगीतको ज्ञान लिएर फर्केका चतुरंगीवादक रोशन ब्यान्डमा चतुरंगी र गितार बजाउँछन् ।

14794236_1327336050633043_1256388465_n

नेपालमा एक मात्र चतुरंगी बाजा बजाउने रोशनले व्यावसायिक रुपमा थुप्रै कार्यक्रमहरुमा आफ्नो कला समेत देखाइसकेका छन् ,जुन ब्यान्डकै लागि पनि खास विशेषता हो । ‘हृवाइट ब्यान्ड’बाट आएका सुवास पौडेल नयाँ उर्जामा वेसिस्ट छन् भने लिड गिटारिस्ट दिलिप ओडारी रिदममा छन् । उनी गितार मायस्ट्रो प्रतियोगितामा टपटेनमा समेत पुगेका थिए । नाम जस्तै उर्जा दिन अग्रसर ब्यान्डको बाँसुरीमा उमेश पण्डितले साथ दिएका छन् भने ड्रमर विवेक कार्की हुन् । केजेसि रेकर्डसमा रेकर्डेड गीतलाई दर्शक एवं श्रोताले निक्कै राम्रो लागेको प्रतिक्रिया दिएका छन् । आध्यात्मिक समाजसंग नजिक ब्यान्डले नेपाली संगीत पारखीमा नंया उर्जा थप्नेमा दूइमत नभएको ब्यान्डका मिडिया कोअर्डिनेट स्वामी सुवासचन्द्रले बताए ।

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको