स्वास्थ्य मन्त्री गगन थापालाई अरब बाट ॐ को पत्र

कार्तिक १२, २०७३

शुभकामना तिमिलाई

14885944_1149755938425702_23911689_nगगन जि,

लाखौं युबाहरुको मुटुको ढुकढुकी बनेर नेपाली राजनितिमा अग्रणी भुमिका निर्बाह गरि एक होनाहार ब्यक्तित्व हासिल गरिसकेका छौ।राज तन्त्र नेपालमा चाहिन्न भनेर सडक तताउँदा चिसो छिडिंमा पनि पुगेउ,गाउँ गाउँमा बन्दुक पड्काएर राज तन्त्रको बिरोध गर्ने माथी धावा बोल्दै लाखौं युबालाई राज दरबारको सामुन्ने जोसिला नारा लगाई दरबार मार्ग तताउदाको क्षण होस या 62/63को आन्दोलनमा बिद्यार्थी को नेतृत्व गर्दाको क्षण होस हर पल तिमी अग्रपंक्तिमा आइरहयौ। म गाउँको श्री दुल्लभ उच्च मा.वि.मा बिद्यार्थीको नेतृत्व गरिरहदा तिमी देशको मुटु राजधानीको तृचन्द्र कलेजको नेतृत्व गरिरहेका थियौ।

तिमिसङ्गको भेट धेरै पछि भए पनि तिम्रो अनुयायी बनिसकेको थिएँ।तिम्रा हरेक बोलिमा स्पष्टता थियो।कुनै पनि सभामा तिम्रा हरेक शब्दमा तालिको वर्षा हुन्थ्यो।देशको हरेक कुनामा तिमी गएर बोल्दिए पुग्थ्यो। तिमी एक निडर, हठी र मिलनसार बिधार्थी नेता भयौ।जुन सुकै पार्टिका कार्यकर्ता हुन नेपाली काँग्रेस भन्दा पनि तिम्रो कुशलता, क्षमता,दक्ष्यता देखेर मौन हुन्थे। म पनि बिद्यार्थी राजनितीमा लागेकोले तिमलाई भेट्ने अबसर पाएको थिएँ।केही समयको सामिप्यताले झन मैले सुनेको भन्दा पनि धेरै माथिको गगन थापा पाएको थिएँ।62/63को आन्दोलनमा होस या विभिन्न राजनितिक भेट्घाट्मा होस या तिम्रै बासस्थान रातोपुलमा होस राजनितिक घटनाक्रमलाई सङै बहस गर्ने सु अबसर पनि नपाएको होइन। परिबर्तित समयको चक्र संगै मेरो र तिम्रो दुरि पातलिदै गयो।म, मेरो परिवार,मेरो स्थिती,परिस्थितिले मलाई नेपालमा बसि राजनिती गर्ने सम्बन्धमा तुषारापात लाग्न पुग्यो र तिम्रो सबै कुरामा विभिन्न कठिनाईका बाबजुद पनि पुर्णता पाउदै गयो।

हुन त अहिले तिम्ले मलाई बिर्सिसकेउ होला।मलाई आँधिबेहेरी सँग मुकाबिला गर्दै साउदिको खाडिमा ल्याएर थुपारी दिएको छ भने तिमिलाई राजनितिक आँधिबेहेरिमा सिंहदरबारमा एक उच्च मन्त्री (स्वास्थ्य) को सम्मानित पदमा आसन गराईदिएको छ।

तिम्लाई देशले सफल कार्यकालको दोशल्ला ओडाई रहँदा म मरुभुमिमा निस्केको नुनिलो पसिनाले भिजेर पिरो आँखा मिच्दै भएपनी तिमी मन्त्री भएको खुशियालिमा हर्सका मिश्रत आँसु ले मुस्कुराएको छु। अन्तमा, म जस्ता लाखौं युबाहरु जो दुखमा बाँचिरहेका छन तिनिहरुलाई स्वदेश फर्काई देशमा नै दक्ष बनाउने कसरत तिम्रो रहोस, आफ्नो देशलाई कँकाल बनाई बिकशित देशलाई अझै बिकास गर्ने हाम्रा हात हरुलाइ प्रोत्साहन गरि देश बिकाशमा लगाइयोस,कोहि नेपाली पनि सिटामोल खान नपाएर मर्न नपरोस, भुकम्प पिडितको न्यायोचित राहत मिलोस, बाढी पहिरो जस्ता दैबिक प्रकोप बाट प्रभाबित क्षेत्रमा उचित दृष्टि रहोस, काम गर्ने हरु भोकै नहुन, शहिदका रगत र पसिनाको सम्मान होस र नेपाल आमाको न्याय होस, तिम्रो पदको आयु 9 महिना होइन 9 बर्ष रहोस म प्रदेशिको शुभकामना तिमिलाई।

जय देश, जय नेपाल।
भिडियो सहीत

    ओम पाण्डे (साउदी अरब)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको