नेपालको लागि तितो यथार्थ ……….

कार्तिक १३, २०७३

thapa suresh                                                             सुरेश थापा   ललितपुर , नेपाल

सबै परिवेश सबैको लागि चाहानायुक्त हुन्छन् भन्ने हुन्न तथापि नेपालको सन्दर्भमा जतिनै देशप्रति नजिक हुन खोजे पनि तथा जतिनै राष्ट्रवादका कुरा गरेपनि हिजोका असल मानिसहरू आज कुनै न कुनै रूपमा दुर्दशा भोगिरहेका छन् र पाइन्छन् पनि ।
नेपालमा प्रशस्त रूपमा अवसरहरू छन् , हामीलाई थाहा छ यहाँ प्रकृतिका अनेकौँ सौन्दर्यताबाट लोभिने धेरै विदेशीहरू छन् । नेपाली बहादुरहरूले बगाएको रगत र त्यागले नेपालमा विकासका अनेकौँ सम्भावनाहरूको निकास नभएको पनि हैन तर पनि यी सम्भावनालाई र सहयोगी नेपालीहरूको आँट र हौसलालाई कुल्चदै न्यायलयका मुख्य व्यक्तिहरूले नै न्यायलाई तोड्ने काम गरे , न्यायलाई कुल्चने काम गरे अनि कानुन भन्दा माथि उठि नेपालीहरूको आँखामा छारो हाल्ने काम गरे जुन नेपालको लागि अत्यनतै घातक र तितो यथार्थ बन्न पुगेको छ ।

कति दुख मान्ने अनि कति आवाज उठाइरहने ? अब त यस्तो लागिरहेछ देश नै अर्काको उपनिवेश भएको हो कि ? सङ्का अनि प्रश्नको ज्वारभाटाहरू उठिरहेको छन् । त्यसो त राजनीतिक अखडाका नेताहरू भारत अनि विभिन्न सङ्गठनका एजेन्टहरू भएर नै होला बनेको संविधानलाई लागू गर्न नदिईरहेका अनि आफ्नै शक्ति फुटेर चौपट भइरहेको यो परिवेशले पनि नेपाल र नेपालीलाई दुखि बनाइरहेको छ ।

यदि सबैलाई पैसा र पद नै चाहिएको भए सोधे हुन्छ , खाडि मुलुक जाने नेपालीहरूलाई कि पैसा कसरी आउँछ भनेर अनि पसिनाको मूल्य कति हुन्छ भन्ने कुरा ती नेपालीलाई सोद्धा हुन्छ ।

नेता ज्यूहरू ! हामी सोझा नेपालीहरूको यो मात्र आग्रह हो , कि यो देशलाई यस्तो ठाँउ बनाओ कि अलिकति प्रकाशले छुदा पनि सबै नेपालीहरूको दुख हट्नुका साथै सबै गरिबका पसिनाको मूल्य बढोस् , तब मात्र नेपाल समृद्ध बन्छ नत्र उधोगतिमा गई उपनिवेश बनी नेपालको लागि तितो यथार्थ बन्नेछ ।

आशा गरौँ यस्तो नहोस् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको