नेपाली चलचित्रलाई छाडा भन्न लागियो भने ब्लु फिल्मलाई के भन्ने ? – निर्देशक निश्चल बस्नेत

६ वर्ष अगाडि

नेपाली चलचित्र क्षेत्रमा नयाँ धारको चलचित्र निर्माणमा क्रेज भित्र्याउने निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई छाडा भयो भन्न नसुहाउने तर्क व्यक्त गरेका छन् ।

14956491_1300114286699295_6187971947856140561_n

“चलचित्र कुन उमेरकाले हेर्न मिल्ने भनेर सेन्सरले छुट्टाउनु पर्छ र व्यवहारमा लागु पनि सरकारले गर्नुपर्छ तर सिनेमा मेकरलाई छाडा बनाइस भनेर आरोप लगाउन मिल्दैन, नेपाली चलचित्रमा एक दुई चलन चल्तीका बोली र एक दुई सिन बोल्ड राख्दैमा छाडा भन्ने हो भने ब्लु फिल्मलाई के भन्ने त ?” बस्नेतले प्रतिप्रश्न गरे ? उनले चलचित्र सम्बन्धी सरकारी निकाय लाचार भएर चलचित्रको विकास हुन नसकेको र सरकारलाई घचघच्याउन सबै निर्माता निर्देशकहरू एक हुनुपर्ने अहिलेको आवश्यक्ता भएको बस्नेतको तर्क थियो ।

करिब सत्र मिनेट लामो भिडियोमा बस्नेतले आफैँले गाएको लुटको “उध्रेको चोली” र चलचित्र कबड्डीको “नाचन मैया नाचन” भन्ने गीत समेत सुनाउँदै चलचित्र “लुट २” राम्रो प्रोडक्सन भ्यालुमा सबैले हेर्न मिल्ने गरी युनिभर्शल बनाइएको बताए ।

हेर्नुहोस निश्चल बस्नेतसँगको रमाइलो कुराकानी :

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट