सन्तोष प्रगाढको “काली” सार्वजनिक

कार्तिक १८, २०७३

गायक तथा संगितकार सन्तोष प्रगाढ आफ्नो नयाँ एल्बम ‘काली’ लिएर श्रोतामाझ आएका छन् । पूर्खौली थलो ताप्लेजुङ्ग भएपनि हाल राजधानी काठमाडौंमा संगित क्षेत्रमा व्यस्त प्रगाढको ‘काली ’आधुनिक पप एल्बम हो । संगितमा पनि पोख्त प्रगाढ गायनमा पनि उत्तिकै सकृय छन् । कालीमा दिपक विश्वकर्माको पनि शब्द संगित रहेको छ ।

kali-768x768

यस अघि ‘माया रे माया ’ एल्बम बजारमा ल्याईसकेका प्रगाढ ‘काली ’मा अझै बढी मेहनत गरेकोले श्रोताले मन पराउनेमा विश्वस्त छन् । ‘धेरै मेहनत गरेको छु सायद श्रोताले मन पराउनु हुनेछ ।’

परिवारमा समेत सांगितिक माहोल भएकाले सानै देखि संगीतमा रमेका प्रगाढले २०६० सालदेखि गुरु कैलाश राई सँग संगितको प्रशिक्षण लिईरहेका छन् । फूयुजन समेत रहेको काली एल्बमाको शिर्ष गीत दुई प्रेमीहरुको कथा हो । ‘प्रेमिकालाई आफनो बनाउने धोको गीतमा समेटिएको छ ।’प्रगाढ भन्छन् ।

नेपाली चलचित्र ‘एटिएम’मा समेत संगित दिईसकेका प्रगाढको संगीतमा अन्जु पन्तले स्वर भरेको तिमी त माया गर्ने मान्छे चर्चित गीत हो । कुनै पनि क्षेत्रमा संघर्ष आवश्यक छ भन्ने प्रगाढ संगित क्षेत्रमा पनि संघर्ष आवश्यक रहेको बताउँछन् ।

नेपाली चलचित्रमा दुई दर्जन बढी गीतमा संगित भरिसकेको प्रगाढ गायन नै पहिलो क्षेत्र रोज्ने भएपनि काठमाडौंको संघर्षले संगीतकार समेत बनाएको बताउँछन् ।

कालीलाई भगाएर डाँडापारीको आफ्नो गाउँ लैजाने धोको समेटिएको काली एल्बमको शिर्ष गीतको म्युजिक भिडियो पनि छिट्टै दर्सकहरुले देख्न पाउने उनको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज