कार्तिक १९, २०७३

nb insoranceकाठमाडौं : एनबी इन्स्योरेन्स कम्पनीले थप तीन शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको हालै उपत्यकका तीन स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।  उपत्यकाको कलङ्की, कोटेश्वर र सल्लाघारीमा कम्पनकिो शाखा सञ्चालनमा आएको हो  । ती शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले गरेका थिए ।

सो अवसरमा अध्यक्ष केसीले कम्पनीले छोटो समयमै आफ्नो शाख स्थापित गर्न सफल भएकोमा धन्यवाद दिँदै बीमा क्षेत्रको विकास र विस्तारमा ध्यान दिन कम्पनी व्यवस्थापन र सञ्चालक समितिलाई आग्रह गर्नुभयो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए । यीसँगै कम्पनीले १७ शाखा, पाँच सम्पर्क कार्यालय तथा ११ सेवा काउण्टरबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने उनले बताए । कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले प्रदान गरेको हकप्रद शेयरको बाँकी शेयर बोलकबोलमार्फत ४ करोड ५३ लाख  रुपैयाँ शेयर प्रिमियम प्राप्त गरेको अध्यक्ष पौडेलले जानकारी दिए । हकप्रद शेयर जारी भएपश्चात् कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुगेको जानकारी दिँदै उनले निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको