कमेडी कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ छोटो समयमै लोकप्रिय बन्दै

६ वर्ष अगाडि

कान्तिपुर टेलिभिजनमा शुक्रबार बेलुका साढे सातबाजे प्रसारण  भइरहेको कमेडी कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ले आम दर्शकमाझ छोटो समयमा नै चर्चा कमाऊन सफल बनेको छ | एड रिलिजले निर्माण गरेको  कार्यक्रमको प्रस्तुतिकरण पहिलो आकर्षण हो उद्घोषणको बिचमा जोकहरुलाई जोडी प्रस्तुत हुने कार्यक्रममा प्रस्तोता एंव निर्देशक दिनेश डिसी हुन्। ट्वाक्क टुक्कको नयाँ संस्करणमा दिनेश डिसीको दोहोरो भुमीकाको उद्घोषणले लोकप्रियता कमाएको छ | दिनेश डिसीले अभिनय गरेको भुन्टेराजा नामको चरित्र र महादेव त्रिपाठीको भुमीका रहेको प्रेमचरो नामको चरित्र दर्शकको रोजाईमा परेका छन् |

dinesh-dc

कमेडिको विक्ली डोज भनीएको कार्यक्रममा डिसी र त्रिपाठीको अलवा रेशम फिरिरी,शुशिला निरौला (बिम्ली), जुंगे भट्टराई,माधव पण्डित,शंकर पाण्डे,सुरेश असिम, घनश्याम लामीछाने (नक्कली प्रचण्ड), गिरी राज (जगल्टे) लगायतका कलाकारहरुको अभिनय रहेको छ| दर्शकको माग र चाहनालाई मध्यनजर गर्दै नयॉ तथा पुराना कलाकार तथा जोकलाई थप्दै लैजाने निर्माण पक्षले जनाएको छ। गत साता बाट युटुबमा समेत रिलिज भएको यस कार्यक्रममा हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय हेर्न पाईने निर्देशक डिसीले बताए |


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट