के नेपाली जनताबाट सरकार तर्सिएको हो ?

कार्तिक २०, २०७३

12065928_682093341927322_4831683453947701696_n

केशव भटट

यसपालीको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको ३ दिने राजकीय भ्रमणका लागि नेपाल आउँदाका बखत जुन दृश्य नेपाली जनताले देखे त्यसबाट नेपाली जनतामा निराशा उत्पन्न भएको छ । विदेशी उच्च स्तरीय पाहुना आउँदा विभिन्न समयमा सडकको दायाँबायाँ पानीका घडा र फूलमाला लिएर नेपाली जनता उनीहरूको स्वागतार्थ उपस्थित हुने गर्दथे ।

यो दृश्य नेपाली जनताको मानसपटलमा ताजै रहेको छ । तर यसपाली भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गर्दा नेपाली जनताको उपस्थिति त परै जाओस् उपत्याका सवै क्षेत्रमा सवारी आवगमण पूरै बन्द गरिएको थियो ।
कप्र्यू लागेको जस्तो स्थिसतले सिंगो मुलुकमा एउटा ठूलै सन्त्रास फैलिएको देखिन्थ्यो । त्यतिमात्रै होइन पैदल यात्रुहरूलाई समेत रोक लगाइएको थियो । गन्तव्यमा पुग्नबाट बञ्चित हुनुप¥यो सर्वसाधारणले । कसैले अस्पतालमा ज्यान जान लागेको आफन्तसमेत भेट्न र बिरामीलाई अस्पताल जानबाट समेत वञ्चित गरियो ।

देशमा ठूलै कु–तन्त्रले हस्तक्षेप गरेर कफ्र्यु लागेको जस्तै आभास हुन्थ्यो । यो भन्दा पहिले पनि नेपालमा पाहुना नआएका होइनन् । यो राजकीय भ्रमण नभई कुनै निरकुंशताको जबरजस्ती हस्तक्षेप गरेको छ । के नेपाल विश्वमा असुरक्षित मुलुक नै हो त ? यहाँ आमजनमानसमा प्रश्न खडा भएको छ ।

नेपाल भारत सम्बन्ध थप उचाईमा पुर्याउने भाषण प्रधानमन्त्रीले दिइरहँदा जनताका मनमा छाएको यो निराशाले चुनौती दिइरहेको थियो । नेपालमा कहिल्यै नभएको यो घटना सारा विश्वले नियालिरहेको छ । बहादुर नेपालीको देशमा आउने पाहुनालाई बचाउन नेपाल सरकारलाई कसको डर लाग्यो र यो चर्तिकला गर्नुप¥यो ?

यस भ्रमणबाट सिधै बुझ्न सकिन्छ यो कुनै पाहुना नभएर आतंककारी तथा निरकुंशवादी बाटोमा सरकार कुदिरहेको स्पष्ट देखिन्छ । अहिले भारतका राष्ट्रपति यतिको भयावह स्थिति उत्पन्न भयो भने अन्य शक्तिशाली राष्ट्रप्रमुखलाई भ्रमण गराउँदा नेपाल सरकारले के स्थिति उत्पन्न गराउला भन्ने ? चासो र चिन्ताको विषय बनेको छ ।
हामी नेपालीहरूका लागि अथिति भनेको देवता हुन् तर यो भारतीय राष्ट्रपतिको भ्रमणले त कुनै राक्षस आएको पो हो कि ? भन्ने स्थिति नेपाल सरकारले सृजना गराइदियो । काठमाडौँमा सडक खाली गराएर अतिआवश्यक सवारी एम्बुलेन्स समेत चल्न दिइएन ।

यो त हामी भित्रकै कुरा माने पनि सयौँ अन्तर्राष्ट्रिय उडान २÷२ घण्टासम्म आकाशमै पर्खाउनु प¥यो, यो अवस्थाले सिधै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पक्कै पनि बदनामी भएको छ ।

यी विविध घटनाबाट पाठ सिकेर आगामी दिनमा नेपाल सरकारले यस्ता गल्ती र कमजोरी नदोहो¥याइ विगतका गल्ती हेरेर असल पाठ सिकोस् हाम्रो शुभकामना ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको