मह अमृत पनि, विष पनि

६ वर्ष अगाडि

honey-625_625x421_41461133357
मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हो । जसको सेवन गर्न जाने हाम्रो शरीरलाई फाइदा पुग्छ भने खान नजाने यस
ले विष समान हानी पु¥याउँछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुचि बढाउन होस् वा खोकी कब्जियत जस्ता रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीका लागि मह प्रभावकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हुँदैन ।

माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ । गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एकदेखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ ।Honeycomb
मह खाँदाका फाइदा
१. अदुवाको रसमा या काढ़ामा मह मिसाएर खानाले खोकी सञ्चो हुन्छ ।
२. पाकेको आँपको रसमा मह मिसाएर जण्डिसको रोगीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनीको साटो मह दिन सकिन्छ ।
३. बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४.शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने । यसले त्वचाको शुष्कता हटाउँछ र लावण्यता प्राप्त हुन्छ ।
५. एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुब्लोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६. मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आँतमा जमेको विजातीय द्रव्यहरू हटाएर नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८. हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ । सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनाले कमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
९. पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०. सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११. महले मांसपेशीहरू बलवती हुन्छ ।
१२.बढ़ेको रक्तचापमा महको सेवन लसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३.अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४. सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फिटेर तयार गरेर छालामा दल्ने। यसले छाला चम्किन्छ र मुस्कान् छाउँछ ।
१५. कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

download
महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी
तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वेदिकविज्ञहरू बताउँछन् । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरूको भनाई यस्तो छ ।
–माछा, मासुसित मह खानु विष सरह हुन्छ ।
–महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।
–अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
–चिया र कफीको साथ मह विष समान हुन्छ ।
–महलाई आगोमा कहिले पनि तताउनु वा उमाल्नु हुँदैन ।
– घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
–चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।
–तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
–मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
–निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
–महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।
मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतोअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
–वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ ।
–मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।
–मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
–एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
–बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
–यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक पु¥याउँछ ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट