छोरी मान्छे परेँ, अलिबढी नै संघर्ष गर्नु पर्दोरहेछ : गायिका गौरी भट्ट

कार्तिक २३, २०७३

 हजारौँ दर्शक श्रोताहरूको मन जित्न सफल गायिका हुन् गौरी भट्ट । ६ दर्जन देउडा गीतहरूमा स्वर दिइसकेकी गौरीको जन्म २०४५ साल माघ १८ गते डडेलधुरा जिल्ला आलिताल गा.वि.स. वार्ड नं. ४ चौडमा पिता गणेशदत्त भट्ट र माता विन्दुदेवी भट्टको कोखबाट भएको हो ।14462881_1607441199554555_296125227680267430_n

 

गौरीको बाल्यकाल डडेलधुरामै बितेको भए पनि हाल भने बसाइ सरेर सपरिवार कञ्चनपुर झरेका छन् । सुमधुर स्वरकी धनी गौरी भट्ट स्नातक दोस्रो वर्ष वाणिज्य शास्त्र पढ्दै धनगढीमा बस्छिन् । उनै सुमधुर स्वरकी धनी गौरी भट्टसँग  सहकर्मी  केशव भट्टले गरेको कुराकानीको सारसंक्षेप :-
 – पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

आफ्नो पढाइ त गर्नै प¥यो साथसाथै गीत संगीततिर नै छु । काठमाडौँ आएर दुईचार दिन विभिन्न फरक फरक सर्जकहरूको गीतमा स्वर भर्ने काममा व्यस्त छु भन्नुप¥यो ।
– यहाँले गौरी भट्ट भनेर चिनाउनको लागि हालसम्म के कति संघर्ष गर्नु प¥यो ?

कलाकारिता क्षेत्रमा अगाडि बढ्न त्यति सजिलो त छैन । छोरी मान्छे परेँ, अलिबढी नै संघर्ष गर्नु प¥यो । समाजले घरपरिवारले हेर्ने दृष्टिकोण ठिक नहुँदो रहेछ यो क्षेत्रमा । चेली मान्छेलाई हौसला प्रेरणाको अभाव भयो सुरुमा त, विस्तारै दुःखसुख भोग्दै आएँ, अलि सहज भएको छ ।
– कसको प्रेरणाबाट यो संगीत क्षेत्रमा प्रवेश गर्नुभयो ?

खासै प्रेरणा त छैन तर बाल्यकालमा रेडियोतिर बज्ने लोक तथा डेउडा गीतहरू मन पर्थे फलस्वरुप सानो छँदा नै म अर्काको सिको गरेजस्तै गरि गाउँथे । साथीलाई आमा र बुबा तथा पछिल्लो समय दर्शक श्रोता तथा यहाँहरू जस्तो मिडियाकर्मीहरूको हौसला र प्रेरणा पाएकी छु ।
– यहाँले हालसम्म के कति गीत गाउनु भयो ?

अहिलेसम्म जम्मा जम्मी ६०÷६२ ओटा गीतमा स्वर गरेकी हुँ । आफ्नै एल्बम भने ल्याएकी छैन ।
– आफूले नै गाएको आफूलाई धेरै मन पर्ने गीत भन्नुपर्दा ?

प्रायःमैले गाएको सबै गीत मन पर्छन् । तर पनि मलाई धेरै नै मन पर्ने गीत मेरी निर्मला भन्ने बोलको हो । श्रोता दर्शकको रोजाइमा पर्ने गरेको चाहिँ जन्म्या ठाउँ बिरानी भै गै ।
– जीवनमा कुनै सुखको दुःखको क्षण सम्झनु पर्दा ?

मेरी जीवनकै सुखको क्षण भनेको मैले पहिलो पटक आवाज दिएर गीत रेकर्ड गराउँदाको थियो भने दुःखको क्षण भन्नाले मेरो हुजुरबा बितेको दिने सम्झिन्छु । यो चाहीँ आज सम्मका भए ।
– अन्तमा तपाईलाई माया गर्ने दर्शक श्रोता, शुभचिन्तकहरूको लागि कुनै सन्देश छ भने भन्न सक्नु हुन्छ ?

मलाई गौरी भट्ट भनेर चिन्ने आम आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी के भन्न चाहन्छु भने जसरी मलाई डेउडा गायिका गौरी भट्ट भनेर माया गर्नुहुन्छ । यो माया अझै बढ्दै जाओस्, मेरो गीत संगीत मन पराउनु हुन्छ । अझै आउँदा दिनहरूमा पनि यसरी नै मन पराइ दिएर र कमीकमजोरी भएको ठाउँमा कमजोरी पहिल्याइ दिएर सुधार्ने अवसर दिनुहुनेछ । साथै यहाँको साथ सहयोग पाए मौलिक कला संस्कृतिको लागि अझै केही राम्रो गर्नेछु । यहाँको साथले मात्रै म अगाडि बढ्न सक्नेछु । म सुदूरको कला संस्कृति जोगाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने छु ।

 

 

#छलफल साप्ताहिक साभार


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको