सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
सुरेश थापा , ललितपुर
मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको लागि एउटा महत्त्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मिटरको उचाईमा मुस्ताङ जिल्लामा पर्दछ । मुक्तिनाथ मन्दिरलाई हिन्दुधर्म मान्ने व्यक्तिहरूले मुक्ति क्षेत्रको रूपमा मान्ने गर्दछन् भने बौद्ध धर्म मान्ने व्यक्तिहरूले सय पानी को रुपमा मान्ने गर्दछन् । यो तीर्थस्थल शालग्राम भगवानको लागि प्रसिद्ध रहेको छ ।
शालीग्राम वास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पूजनीय मानिन्छ । यो मुख्यरूपमा कालीगण्डकी नदीमा पाइन्छ जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाँउलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दू धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो ,जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौं संख्यामा हिन्दू धर्मावलम्वी यहाँ तिर्थ गर्नको लागि आउने गरेको पाइन्छ । यो हिन्दू धर्मको अलि टाढाको महत्त्वपूर्ण मध्ये एक हो ।
मुक्तिनाथ क्षेत्र संसारको १०८ दिव्य देशहरू मध्ये एक उत्कृष्ट हो । यो दिव्य देश वैष्णवहरूको पवित्र मन्दिर हो । पारम्परिक रुपमा भगवान् विष्णुको शालिग्राम शिलाको रुपमा पूजा गरिन्छ । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्मबाट भएको थियो , जो मुख्यत टेथिस सागरमा पाइन्थे ।
पौराणिक मान्यताहरूको अनुसार शालिग्राम शिलामा विष्णुको बास हुन्छ । यश सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् । यिनै कथाहरूमा एक कथाको अनुसार जब भगवान शिवले जालन्धर नामका असुरसँग युद्धमा जित्न नसिकिरहेको बेलामा भग्वान् विष्णुले उनको मद्धत गरेका थिए । कथाहरूमा भनिएको छ कि जबसम्म असुर जालन्धरकी पत्नी वृन्दाले आफ्नो सातित्व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजित गर्न सक्दैनथ्यो । यो अवस्थामा भग्वान् विष्णुले जालन्धरकै रुपधारण गरेर वृन्दाको सातीत्वलाई हरण गरेका थिए उक्त कुरा वृन्दालाई भयो तर त्यो बेलासम्म भगवान् शिवले जालन्धरको बध गरिसकेका थिए ।
त्यसैले वृन्दाले भग्वान् विष्णुलाई शिला रुख झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । फलस्वरुप कालान्तरमा जो हिन्दु धर्मका आराध्य हुन ती विष्णु भगवानले शालिग्राम शिला पिपल तुलसी र कुश भएर जन्म लिनु परेको थियो ।
पुरानो दन्ते कथाहरूका अनुसार मुक्तिक्षेत्र त्यस्तो स्थान हो जहाँ मोक्षको प्राप्ति हुन्छ । यसै स्थानमा भगवान विष्णु शालिग्राम शिलामा बास गर्दछन् । मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूका लागि पनि एक महत्त्वपूर्ण स्थान हो । यसै ठाँउको बाटो भएर उत्तरी पश्चिमी क्षेत्रका महान् बौद्ध भिक्षु पम्द्धसम्भव बैद्ध धर्मको प्रचार प्रसारका लागि तिब्बत गएका थिए ।
वि. स २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौँ नेपाली भक्तजनहरूले नेपाललाई तत्कालीन दोन्द्धबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हिरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाईको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए ।
यसरी सवा लाख गाईको दूधले शालिग्राम नुहाएको समयमा गंगाजीको पानी पुरै सेतो देखिएको थियो भने सवा करोड बत्ती बालेको समयमा रातीमा पनि गंगाको तट दिनको उज्यालोझैँ झिलिमिली देखिएको थियो र शहर भरी घिउको बत्ती बालेको वासना फैलिएको थियो नभन्दै मुक्तिनाथको पूजापछि लामो समयसम्म चलेको गृहयुद्धबाट नेपालले मुक्ति पाएको यथार्थबाट यश क्षेत्रको महत्त्वलाई अझै बुझ्न सकिन्छ ।
यसरी मुक्तिनाथको मन्दिर मुख्य देवता मुक्तिनाथ विष्णुबाट प्रचलित रहेको र धवलागिरी हिमाल अनि निलगिरी हिमालबाट विचमा रहेको मुक्तिनाथ मन्दिरको वास्तुशैली तिव्तीयन शैलीमा निर्मृत छ । तसर्थ यश धार्मिक स्थलमा आफ्नो जीवनको एक पल मुक्तिनाथको शरणमा पुगौँ र स्वर्गीय आनन्द लिऔँ । मुक्तिनाथ भगवानले सबैको मोक्ष गरून् , सबैको जय होस् !! मुक्तिनाथको भ्रमण पछि तयार पारिएको
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका