एनसेलले पायो अवार्ड’

कार्तिक २६, २०७३

18012016083352Ncell-Logo-600x0काठमाडौं : मोवाइल सेवा प्रदायक कम्पनी एनसेल यस वर्षको उत्कृष्ट दुरसंचार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस’ कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई अवार्ड हस्तान्तरण गर्नुभएको हो । अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण रहेको पार्किन्सले बताउनुभयो ।

कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नविनता र नेपाली अर्थतन्त्रमा पुर्‍याएको योगदान लगायतका आधारमा भित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।

सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गएको फेबु्रअरीमा एनसेलले मोवाइल इन एमर्जन्सी एण्ड ह्युम्यानिटेरियन सिचुयसन्स् विधा अन्र्तगत जिएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोवाइल अवार्ड र गएको महिना सिङ्गापुरमा फ्रोस्ट एण्ड सलिभन नेपाल मोवाइल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको