एक दिनमा फेसबुक चलाउने कति ? जानौँ फेसबुकका नयाँ तथ्यहरु

कार्तिक २६, २०७३

विश्वको सबैभन्दा ठूलो सोसल मिडिया वेबसाइट फेसबुक दिनहुँ कति मानिसले चलाउँछन् होला ? फेसबुकको कमाइ कति छ होला ? यो सायद चासोको विषय बन्न सक्छ ।

facebook

पौने दुई अर्ब भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुकले हालै आफ्नो आय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा कम्पनीका प्रयोगकर्ताको तथ्यांक तथा अन्य सेवा तथा तथ्यहरुको खुलासा गरिएको छ ।

प्रतिवेदन अनुसार हाल फेसबुकका सक्रिय प्रयोगकर्ताको संखया १ अर्ब ७९ करोड छ । सक्रिय प्रयोगकर्ता भनेको कम्तिमा महिनामा एक पटक फेसबुक चलाउने मानिसहरुको संख्या हो । फेसबुकका एक्टिभ युजर्सको संख्यामा वाषिर्क १६ प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकका अनुसार ह्वाट्सएप र फेसबुक मेसेन्जरका सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । त्यस्तै इन्स्टाग्राम प्रयोगकर्ताको संख्या ५० करोड छ । तथ्यांक अनुसार विश्वमा हरेक दिन १ अर्ब १८ करोड मानिसले फेसबुक चलाउँछन् ।

फेसबुक चलाउने मध्ये अधिकांसले फेसबुक चलाउन मोबाइल डिभाइस प्रयोग गर्ने गरेको देखिएको छ । हरेक महिना १ अर्ब ६६ करोड तथा हरेक दिन १ अर्ब ९ करोड मानिसले फेसबुकको मोबाइल एप प्रयोग गर्ने गरेका छन् ।

फेसबुकले सार्वजनिक गरेको नयाँ तथ्यांकमा टिप्पणी गर्दै कम्पनीका सिइओ मार्क जुकरबर्गले भिडियोको महत्व बढ्दै गएको र फेसबुक लाइभ प्रयोग गर्नेको संख्या पछिल्लो मे यता ४ गुणाले वृद्धि भएको बताएका छन् ।

त्यस्तै इन्टाग्राममा थप गरिएको स्टोरिज नामक नयाँ फिचरका प्रयोगकर्ताको संख्या १० करोड पुगेको छ । उनका अनुसार थ्री डी सामाग्रीलाई प्रस्तुत गर्नु तथा भर्चुअल रियालिटी टूल्सको विकाश गर्नु फेसबुकको आगामी दिनको चुनौतिको रुपमा रहेको जुकरबर्गले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको