सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
एजेन्सी : हिमाञ्चल प्रदेशको एउटा होटल आजकाल निकै चर्चित छ । गोपाल होटल एण्ड रेष्टुरेन्ट नामक यो रेष्टुरेन्टमा शहिदको परिवारले निःशुल्क खाना खान पाउँछन् । रेष्टुरेन्टमा उपलब्ध सबै खानेकुरालाई शहिदको परिवारसँग एक रुपैयाँ नतिरी खान पाउनेछन् । यदि उक्त रेष्टुरेन्टमा आराम साथ बस्न चाहन्छन् भने पनि यसका लागि उनीहरुले रकम तिर्नुपर्दैन ।
यसका साथै यो रेष्टुरेन्टमा सैनिक र उनका परिवारलाई हरेक खानेकुरामा ५० प्रतिशत छुट दिइएको छ ।
होटलको यस्तो अफरलाई धेरै मानिसहरुले नाम कमाउनका लागि यस्तो गरेको बताएका छन् । तर होटल मालिकले भने आफूले यस्तो गर्नुका पछाडि अर्कै उद्देश्य भएको बताए । उनले भने, ‘सैनिक र उनको परिवारलाई हौसला प्रदान गर्नका निमित्त हामीले यो अफर ल्याएका हौं ।’
छुट पाउनका लागि यसो गर्नुपर्नेः
सैनिक पोसाकमा आएकालाई खानामा पूरा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने पोसाक बिना नै आउनेलाई २५ प्रतिशत छुट दिइएको छ । होटलको तर्फबाट दिइएको यो अफर आजकाल निकै चर्चित बनेको छ । सैनिकलाई सम्मानस्वरुप दिइएको यो छुटको अफर पहिलो हो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका