गजल : बन्द हडताल हैन अब…

कार्तिक २८, २०७३

बन्द हडताल हैन अब नयाँ काम थाल्नुपर्यो ।
सडकमा टायर हैन शिक्षाको दीप बाल्नुपर्यो ।।

पार्टी पार्टी बाँडिएर एक आपसमा लडाईँ किन ?
दुश्मनी र कुविचारलाई मनैदेखि फाल्नुपर्यो ।।

सोझा गरीब जनतामाथि सपना देखाई रजाईँ गर्ने,
भ्रष्ट र अपराधीलाई सिधै जेल हाल्नुपर्यो ।।

स्वार्थी मनले आफूलाई महान ठान्ने नेताहरु,
सकरात्मक भावनाको विचारहरु पाल्नुपर्यो ।।

मेचीदेखि महाकाली बस्ने सबै नेपाली हो ,
छुवाछुत र निरंकुशता जरैदेखि ढाल्नुपर्यो ।।

उठौँ जागौँ युवाहरु काँधमा काँध मिलाएर,
प्रगतीको शिखरमा पाईलाहरु चाल्नुपर्यो ।।
– मोहन अभिलाषी ।

Mohan Avilashi


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको