छक्का पञ्जा र किस्मत २ पछि गायक कृष्ण काफ्लेको “लाइदैन माया पिरती”

कार्तिक २८, २०७३

पछिल्ला सफल चलचित्रहरु छक्कापञ्जा र किस्मत २ मा ..देखन चम्पा र ..तिम्रो पिक्चर हिट लगायतका गीतहरु गाएर सबै माझ लोकप्रिय भइसकेका गायक कृष्ण काफ्लेले भर्खरै मात्र आफ्नै एल्बम आवाजबाट ..लाइँदैन मायाँ पिरती बोलको गीतमा म्यूजिक भिडियो सार्बजनिक गरेका छन् ।

14291851_955106991282310_8537627930541111673_n
सांगीतीक क्षेत्रमा सस्ता र चालु गीतहरु भन्दा क्वालिटिका गीतहरु गाउनुमा बढि विश्वस्त हुने गायक कृष्ण काफ्लेको भर्खरै रिलिज म्यूजिक भिडियोले छोटो समयमै हजारौं हजार दर्शक र श्रोताहरुको मन जितिसकेको पनि काफ्ले बताउँछन् । छोटो समयमा बहुचर्चित गीतहरुका कारण नेपाली सांगीतीक फाँट अनि चलचित्र क्षेत्रमा आफ्नो उपस्थिति देखाउन सफल भइसकेका गायक कृष्ण काफ्लेले आफ्नै गीतमा मोडलिङ पनि गरेका छन् । उक्त म्यूजिक भिडियोको फिचरिङमा उनी सँगै नायिका अशिष्मा नकर्मीको पनि अभिनय रहेको छ । विक्रम सुन्दासको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको यस गीतमा गायक कृष्ण काफ्ले आफैंले स्वर दिएका छन् । यस गीतको म्यूजिक भिडियोको निर्देशन विशाल भण्डारीले गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको