स्कूल बसमा १२ फिट लामो सर्प भेटिएपछि…

कार्तिक ३०, २०७३

snakeschoolबैंकक । स्कूल जाँदै गरेको बसमा अचानक सर्प देखिएपछि कस्तो होला ? कल्पना पनि गर्न सकिन्न । तर थाइल्याण्डमा यस्तो घटनाले चर्चा पाएको छ ।
थाइल्याण्डको एउटा स्कूल बसको बोनटमा १२ फिट लामो कोबरा सर्प लुकेको थाहा भएपछि भागाभाग भएको समाचार छ ।

बस चालक खुन वित्थायाले बताए अनुसार, स्कूल भ्यानमा १२ विदेशी छात्र थिए । तीमध्ये एकजनाले बोनटभित्र सर्प भएको बताएपछि आफू निकै आत्तिएको उनले बताए । “पहिलोपटक मैले यसरी सर्प देखेको थिएँ” उनले भने, “गाडी रोकेर म तल झरे अनि तत्काल प्रहरीलाई खबर गरेँ” । सर्प पक्रिन आएका रेस्क्यु टिमले बोनट खोलेर सर्पलाई समात्न सफल भएका थिए । त्यसपछि सर्पको लम्बाई नाप्दा १२ फिट लामो रहेको थाहा भयो । कोबरा सर्प निकै विषालु हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको