अविवाहित छोरी र आमामा झगडा किन ?

साउन २०, २०७३

छोरी पनि आत्मनिर्भर बन्न थालेपछि अविवाहित बस्नेको संख्यामा बृद्धि हुन थालेको छ । कतिपय अविवाहित छोरी र आमा विचमा सामान्य झगडा मात्र होइन कुटपिट समेत हुने गरेको घटना सायद हामी सबैले नै सुनेको र देखेको पनि हुनुपर्छ किनकि यो कुनै नयाँ कुरा होइन । हामीले बढी उमेरका अविवाहित छोरी र उनीहरुको अभिभावक या नातेदार सँग यस्तो किन हुन्छ भनेर बुझने कोशिश गरेका छौ । साच्चै भन्ने हो भने धेरै उमेरको शिक्षित छोरीहरुमा यस्तो समस्या भएको देख्न पाइन्छ । हुनत आजको शिक्षित समाजमा आमा छोरी अथवा सासु बुहारीको सम्बन्धमा आत्मीयता या मित्रताको झलक देख्न पाइन्छ । आजका आमा आफ्नी छोरीको लागि साथी, शिक्षिका, मार्गदर्शिका हुन् । आदर्श हुन् र छोरी पनि जिन्दगीका हरेक सकारात्मक नकारात्मक अनुभव आमालाई खुल्लापनले बाढ्नमा न त संकोच नै गर्दछन् न त गलत सम्झन्छन् । तर हरेक जिन्दगीको वास्तविकता अलग हुन्छ । सच्चाई अलग हुन्छ । बढी उमेर सम्म यदि छोरीको विवाह हुँदैन र उसले अभिभावको साथमा नै रहनु पर्दछ भने धेरै कुरा बदलिन्छ ।

Mother and teen daughter back to back, fighting

४१ वर्षिय रागिनी व्यूटिसियनले अहिल सम्म विवाह गरेकी छैनन् । बुबाको मृत्यु पछि उनले आमाको पूरै जिम्वेवारी सम्हालेर राखेकी छिन् । सानी र ठूली दुबै दिदी बहिनीको बिबाह भै सक्यो । तर आजभोलि आमाको साथमा बेला बेला झगडा भै रहन्छ कहिले काहिँ त हप्तौ सम्म पनि आमा छोरीको बोलचाल नै हुँदैन ।यहाँ सम्मकी उसले घरबाट टाढा रहेर आफ्नो अलग जीवन विताउने विचार गर्नमा बाध्य भइन् । उनी भन्छिन् म कुनै १५ या १६ बर्षकी केटी त होइन नि आफ्नो हरेक क्रियाकलापको बारेमा आमालाई जानकारी दिइरहूँ ? को सँग भेटे ? हरेक समय आमाको नजर मेरो फोन मा नै भै रहेको हुन्छ, म को संग कुरा गरिरहेकी छु ? किति पैसा खर्च गरे ? कहिले काहिँ त लाग्छ कि म कुनै कैदी हुँ । जसलाई आफ्नो जिन्दगी आफ्नो हिसाबले बाँच्ने कुनै अधिकार छैन ।

दिलमाया भन्छिन् आफ्नो इच्छाले विवाह नगर्ने मेरो फैशला आज मलाइ नै गलत लाग्न थालेको छ । मैले शुरु देखि नै करियर को जुन उचाइलाई छुने सपना देखेकी थिए, त्यो घर परिवारको जिम्वेवारीमा आएर खत्तम भयो । समाजको डर देखाएर घरको बन्धन अनि कचकचले केटीहरुको आत्मनिर्भर वा स्वतन्त्रतामा बाधक बन्न थाल्छ । फेरि उ असन्तुष्ट र कुठिंत महसूस गर्दछे । जवाफ फर्काउन थाल्छे, बस यहि बाट शुरु हुन्छ आपसी अमिलो पन । छोरी श्रीमानको घरमा होस् या पिताको, बन्धन उसको जीवनको हिस्सा हो । शायद यसैले अब नोकरी गर्ने केटीहरु अविवाहित भएपनि एक्लै बस्न मन पराउँछन् ।

किन यस्तो हुन्छ ?
मनोबैज्ञानिकका अनुशार सम्बन्धमा खटपट एकाएक अकारण आउँदैन । यसको पछाडि भय, असुरक्षा वा समाज सँग जोडिएको अनेक मानसिक बिचारधारा हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि हाम्रो देशमा आमाको लागि बच्चा सधै बच्चा नै हुन्छन् चाहे उ २० बर्षको होस् या ५० बर्ष पार गरोस् । छोरीको साथमा आमा केहि बढी नै सुरक्षात्मक नियम अपनाउन चाहन्छन् । यसैले उसको हरेक क्रियाकलापमा नजर राख्छन् । बढी उमेरका छोरीलाई यो जासूसी लाग्छ तर यो जासूसी भने होइन । यस्तोमा कहिले कहिँ सम्बन्धमा यति धेरै तनाव बढ्छ कि अभिभावकको उपस्थिती सहन नसक्ने हुन्छ र छोरी उनीहरुबाट टाढा हुने फैसला लिन पुग्दछन् । अर्को कुरा सिंगल छोरी यदि जागिर गरिरहेकी छे भने त उसको बैंक ब्यालेन्स, सहकर्मीको साथ उसको सम्बन्ध, उसको खर्च आदिमा पनि अभिभावको नजर रहन्छ । निश्चय नै आर्थिक रुपले स्वतन्त्र वा आत्मनिर्भर केटीलाई यो सब सहि लाग्दैन । हुनत अभिभावकलाई थाहाँ छ कि यस्ता छोरीले आफ्नो निर्णय आफै लिन सक्छन् । आत्मनिर्भर जिन्दगी जीउन सक्छन् ।फेरि पनि सल्लाह, गाली द्धारा उनीहरु आफ्नो कन्ट्रोल बनाइराख्न चाहन्छन् । स्थिती त्यहाँ गंभीर हुन्छ जहाँ आमा बाबूको लागि छोरीको कमाई नै जीवन यापनको साहरा हुन्छ ।
तेस्रो कुरा, हाम्रो देशमा छोरीलाई घरको इज्जत मानिन्छ । यसैले पनि अभिभावक उ प्रति नजर राख्छन् । कतै गलत संगतमा परेर छोरीले अनुचित कदम नउठाउन्, बदनामी हुनेहोकि भन्ने डर हुन्छ जबकी छोरीको सोचहुन्छ के यस उमेरमा पनि हामीलाई औला पकडेर हिडाउन चहान्छन् ? हाम्रो आफ्नो पनि त जिन्दगी छ । आमा यो डर ले अंकुश लगाउछन् कि कुनै गलत भयो भने दोषि आमा बाबुलाई नै मानिन्छ ।
आजको समाजमा धेरै उमेर सम्म विवाह नहुनु सामान्य कुरा भएको छ । पढाई करियर या मजबूरीको कारण विवाहको उमेर निस्कन्छ । कतै छोरीको योग्य बर मिल्दैन भने कहि शिक्षा या जागिर बाधा बन्छ भने कहि अभिभावकको आर्थिक अवस्था राम्रो हुँदैन । कारण जुनसुकै होस् यी सब कुरा र त्यो सँग जोडिएको तनावले न आमा बाबुलाई सहज रहन दिन्छ न त छोरीलाई नै । यस्तो अवस्थाको सामना सम्झदारीले गर्नुपर्दछ ।
समाजशास्त्री भन्छन् आज जब छोरा सरह नै छोरीलाई आत्मनिर्भर बनाउनमा कुनै कसर छोड्दैनन् भने उसको सफलता या स्वतन्त्रतामा बाधा किन ? समाज व्याक्तिबाट बन्छ समाजबाट व्याक्ति होइन ।
एउटा निश्चित उमेर सम्म कडा अनुशाशन, समय समयमा गाली आमा बाबुको कर्तव्र्य हो । राम्रो संस्कार, सुदृढ व्यात्तित्व, आचरण, व्यावहार, उचित–अनुचितको बोध गराउन उनीहरुको जिम्वेवारी हो । त्यसपछि उनीहरु प्रति भरोसा हुनुपर्दछ ।
छोरीलाई मार्गदर्शन गर्नुहोस् मित्रवत सल्लाह दिनुहोस् तर उ माथी आफ्नो बिचार लाद्ने गल्ती नगर्नुहोस् । यस्तोमा बच्चा मात्र तपाईंबाट टाढा हुँदैनन् मनबाट तपाईलाई आदर पनि गर्दैनन् ।
अविवाहित जिन्दगीको यो अर्थ होइन कि छोरीले उमेरभर आफ्नो आमा बाबु अनुसार नै चल्नु पर्दछ । जसरी छोरी आमा बुबाको जिम्वेवारी उठाउनमा सहर्ष तैयार रहन्छन् त्यसरी नै आमा बाबुले पनि समाज परिवारको दायरा भन्दा बाहिर निस्केर छोरीको खुशिको ख्याल राख्नु पर्दछ ।
छोरीको साथमा सुल्झेका कुरा एउटा राम्रो बिकल्प हो । जति बढी शेयरिङ् उतिनै केयरिङ् पनि बढ्छ । सम्बन्ध बलियो हुन्छ । आमा छोरीको सम्बन्ध त अटुट हुन्छ, सानो सानो कुराले यसलाई बिग्रन नदिनुहोस् । वास्ताविकता यो हो कि मारपिट या कडा अनुशाशनले बिद्रोह अगाडि आउछ जबकि कुराकानीले अंतरंगता, समझदारी वा समाधानको बाटो खुल्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको