एन बि को गीतमा निराजन र मिराको रोमान्स, भन्छन् ‘तिम्रो दिल चोरेकै हो ..’

मंसिर १, २०७३

नेपाली सुगम संगीतका पुराना गायक , संगीतकार तथा गीतकार एन बि दाहालको नयाँ म्युजिक भिडियो ‘तिम्रो दिल चोरेकै हो ..’ रिलिज भएको छ । लामो समय देखी अमेरिकामा बसोबास गर्दै आउनुभएका एन बि दाहाल आँफैले शब्द तथा संगीत दिएको यस् गीतको म्युजिक भिडियोमा मोडेल निराजन प्रधान र नायिका तथा गायिका मिरा गुरुङलाई देख्न सकिन्छ ।

15064884_1234682013241733_102665012_o

नेपाली संगीतमा ३ दसक भन्दा बढी समय देखी सकृय एन.बि. दाहाल गायक, गीतकार र संगीतकारको रुपमा परीचित हुनुहुन्छ । निराजन पछील्लो समयमा ब्यस्त मोडेल हुन भने मिरा गुरुङ , गुरुङ भाषाको चलचित्रकी अभिनेत्री हुन । उनी पछील्लो समय गायिकाको रुपमा पनि प्रस्तुत भएकी छिन् । गायिका तथा मोडेल मिरा गुरुङको म त गुरुङको छोरी र मायालाई भने दुई भिडियो रिलिजको तयारीमा छन ।

15064919_1234682026575065_1517063055_o

“आर्टिस्ट नेपाल प्रोडक्सन”को ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोको निर्देशन संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका हुन । म्युजिक भिडियो निर्माण तथा बिज्ञापन निर्माणमा सकृय ढुंगेलले यस् भिडियोलाई पोखरा तथा काठमाण्डौंको मसला कटेजमा सुट गरिएको बताउछन ।

15126279_1234681933241741_1628978009_o

अमृत सुनुवारको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको यस् गीत तथा भिडियोलाई ‘आर्टिस्ट नेपाल नेटवर्क’ले बजार ब्यबस्थापन गर्न लागेको हो । म्युजिक भिडियोमा २ प्रेमी प्रेमिका बिचको रोमान्सलाई कलात्मक ढंगबाट उतारिएको छ ।

हेर्नुहोस्  भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको