करोडपतीलाई कंगाल बनाइदिन्छ यी वस्तुले, बिर्सेर पनि नराख्नुहोस् पर्समा

मंसिर ३, २०७३

एजेन्सी : धेरैजसो हामी आफ्नो पर्समा पैसाको साथै केही अन्य कुराहरु पनि राख्ने गर्छौं । तर धेरैपटक पर्समा राखिने यी वस्तुहरु अशुभ मानिन्छ र हाम्रो सौभाग्यलाई पनि दुर्भाग्यमा परिवर्तन गरेर हामीलाई कंगाल बनाइदिन्छ । आज हामी तपाईंलाई पर्समा कहिले पनि राख्न नहुने वस्तुबारे जानकारी दिँदै छौं ।

purse-768x512

औषधीः
पर्समा कहिले पनि औषधी नराख्नुहोस् । वास्तुका अनुसार पर्समा औषधी राख्दा पैसा निकै खर्च हुन्छ । यसका साथै अनावश्यक रुपमा खर्च बढ्छ जसका कारण रोग, ऋण तथा अन्य समस्याको शिकार पनि हुने गर्दछन् ।

अश्लिल चित्र र सामग्रीः
कहिले पनि पर्समा कुनै पनि अश्लिल चित्र र सामग्री नराख्नुहोस् । यसले भाग्यमा नकारात्मक असर पुर्याउँछ जसले खल्तीको साथै घरको ढुकुटी पनि खाली हुन थाल्छ ।

पुरानो बिल र रसिदः
पर्स पैसा राख्नका लागि बनाइन्छ । त्यसकारण पैसाको सट्टा यसमा बिल, रसिद, एटीएमको पर्चा आदि राख्नु वास्तुका अनुसार अशुभ मानिन्छ ।

ब्लेड, चक्कु र धारिलो वस्तुः
पर्समा पैसाको साथै धारिलो वस्तु जस्तै ब्लेड, चक्कुजस्ता वस्तु राख्दा आर्थिक समस्या झेल्नुपर्ने हुन्छ । यसकारण बिर्सेर पनि यस्ता सामानहरु पर्समा नराख्नुहोस् ।

यस्ता तस्बिरहरु नराख्नुहोस्ः
तपाईंको पर्स अर्थसँग सम्बन्धित हुनुपर्छ । यसमा तपाईंको भावना नथुपार्नुहोस् । त्यसकारण पर्समा आफ्ना परिवार र सन्तानको फोटो नराख्नुहोस् । साथै यसमा मृतकको फोटो पनि नराख्नुहोस् । यदि फोटो राख्नु नै छ भने आफ्नो मोबाइलमा राख्नुहोस् ।

साँचो नराख्नुहोस्ः
यदि तपाईं घरको साँचो पर्समा राख्ने गर्नुहुन्छ ? यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् । फलामबाट बनेको कुरा, सिक्का पर्समा नराखेर सकारात्मक ऊर्जा आफ्नो पर्सलाई तान्न दिनुहोस् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको