सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
सुरेश थापा ललितपुर
शान्ति स्वतन्त्रता र समानता मानवीय विकासका प्रमुख आकर्षण हुन् । समावेशी समाजमा मात्रै समतामूलक विकास र मानवीय मूल्य मान्यताहरू स्थापित हुन सक्छन् । प्रायजसो नेपालको शान्ति सन्दर्भमा थुप्रै नेपालीहरूको बोलीमा मात्र शान्ति आएको तर कार्यन्वयनमा डिला गरिएको तितो यथार्थले दशौं हजार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बलिदानलाई कुल्चिन खोजिरहेको झल्को आइरहेको छ । हिजो राणाशासनलो ज्यादती सहन नसकेर प्रजातन्त्र ,लोकतन्त्र गणतन्त्र स्थापना गरिसक्दा पनि हाम्रा नेपालका राजनितीक व्यक्तिहरूको मनोशाय उही पुरानै राणाकालीन राज्य व्यवस्था भएको अनुभूती गर्ने तमाम् नेपालीहरूको मनमा प्रश्न उठिरहेको छ ।
यी परिवर्तन राज्य व्यवस्थाको बीचमा थुप्रै असल राष्ट्रवाद भएका राजनीतिक व्यक्तिहरू अगाडि नआएका पनि होइनन् तर हाम्रा अगाडि तमाम नेपालीहरूका बिचमा आएका खास खास राजनीतिक पार्टीका नेताहरूलाई असल काम गर्छ भन्दा किन सत्ता परिवर्तनको खेलमा काम गर्न पछाडि हटाइन्छ ? यहाँ नेर प्रश्न उठिरहेको प्रसङ्गलाई कोट्याउने हो भने जो कोहीले पनि चुप लागिरहेछन् ।खास गरि नेपालको ठूला पार्टी मध्ये नेकपा माओवादी १० वर्षे सशस्त्र युद्ध चलाएर शान्ति सम्झौतामा आएर नेपालमा ठूला पार्टी बन्यो आफ्नै नेतृत्वमा सरकारमा पनि बस्यो तर व्यक्तिवादी निच सिद्धान्तले सरकारबाट बाहिरिह्यो , पार्टी फुट्यो र शक्तिशालि अनि विद्वानको रुपमा कहिलेएका बाबुराम पनि एक्लिए र यही परिवेशलाई हेर्ने हो भने माओवादीको १० वर्षे सङ्घर्षपूर्ण सशस्त्र जनयुद्धको परिणाम कहाँनेर चुक्यो र कता तिर मोडिदै छ हामीलाई शङ्काको तर्क बनेको छ ।
विभिन्न अरु ठूला साना पार्टीहरु पनि व्यक्तिवादी राज्य नीतिका कारण प्रत्येक राज्य नीतिमा चुकेर प्रत्यक्ष रुपमा नेपाली जनताप्रति धोका दिइरहेको छन् । कतै भारत नीति कतै चीन नीति अवलम्बन गरि के लिखित रुपमा लेखिएको नेपाली जनताप्रति अधिकार शुनिश्चित गरिएको संविधान सहिढङ्गले लागू होला त ? यसो होइन भने लेखित रुपमा शान्ति चाहिन्छ भन्नेहरू कार्यन्वयनमा किन ढिला गर्छन त ? संविधान के का लागि बनाइयो त ? नेपालमा समावेशी समाजको व्यवस्था गर्न संविधान कार्यन्वनयनमा तमाम नेपालीहरु वास्तविक बुझाइ तिर उन्मुख भई निरन्तर खबरदारीमा जुटौँ र आवज दिऔँ ! यसैमा नेपाल र नेपालको हित हुनेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका