सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाण्डौँ : नेपाली लोकबाजा संग्रहालयको आयोजना तथा सांस्कृतिक संस्थानको सह–आयोजनामा आगामी २४ देखि २६ नोभेम्वर (२०७३ मंसिर ९ देखि ११ गते) सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौँमा “जीवनको लागि संगीत र बाँच्नको लागि संगीत” भन्ने नाराका साथ ३ दिने छैठांै अन्तर्रा्ष्ट्रिय लोक संगीत फिल्म महोत्सव (इन्फिम) आयोजना गरिने भएको छ ।
हाम्रा अमूल्य अमूर्त सम्पदाहरु लोकगीत, लोकसंगीत, लोकबाजा लोकनाच, लोकसंस्कृति, लोकपरम्परा र लोक जीवनका विविध पक्षहरुको अध्ययन अनुसन्धान र प्रचार–प्रसार गर्न लोक संगीत फिल्म महोत्सवको मुख्य उद्देश्य हुनुका साथैँै विश्वका विभिन्न राष्ट्रहरुले आ–आफ्ना मौलिक लोक संस्कतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के–कस्ता कार्यहरु गरिरहेका छन मौलिक संस्कृति संरक्षण गर्न के कस्ता कार्य गर्नु पर्ने रहेछ भन्ने अन्तराष्ट्रिय अनुभव आदान प्रदान गरी, हाम्रा अर्मुत सम्पदाहरुलाई कसरी व्यवहारिक रुपमा संरक्षण, सम्वर्धन तथा विश्वव्यापी प्रचार प्रसार गर्ने भन्ने विषय समेत यस महोत्सवको अर्काे उद्देश्य रहेको छ ।
दैनिक १०ः०० वजे देखि ५ः०० बजेसम्म तीन सो प्रर्दशन गरिने यस महोत्सवमा विभिन्न देशका लोक संगीत संस्कृति, जीवनशैली, सम्बन्धी ११५ वटा वृत्तचित्रहरुले भाग लिएकोमा आमन्त्रित, अप्रतियोगी, र प्रंतियोगी गरी १८ वटा देशका छनौटमा परेका २८ वृतचित्रहरुको प्रदर्शन गरिने कुरा नेपाली लोकबाजा संग्रहालयका अध्यक्ष राम प्रसाद कँडेल ले जानकारि गराएका छन ।
विगतका वर्षहरुमा जस्तै यस पटक पनि बरिष्ठ जनकलाकार श्री खुसिराम पाख्रिनलाई लाइफ टाईम एचिभमेन्ट अवार्ड समर्पण गरिने छ । कार्यक्रमको पहिलो दिन वंगलादेश र अमेरिकाका विश्व विख्यात संगीतकार तथा निर्माता तारेक्युँ र काथेरिने मासुद दोस्रो दिन भारतका बिजु टोप्पो र मेघनाथँ तथा तेस्रो दिन नेपालका लोक संस्कृति अनुसंधानकर्ता गुडडी र जयराज पन्तको नाममा सर्मपण गरिएको छ ।
यस अवसरमा यस नेपाली लोकबाजा संग्रहालयमा यु के का प्रख्यात डकुमेन्टरि निर्माता एवं रिसर्चर र यस इन्फिमका निर्णायक टोलि करेन बोसवाल बाट लोक संगीत र संस्कृति संग सम्वन्धित १८ जनालाई अडियो तथा भिडीयोे डकुमेन्टेसन सम्वन्धि १४ दिने तालिम प्रदान गरिएको छ । संचार तथा प्रविधिको माध्यम बाट नेपालका बढी भन्दा बढी युवाहरुलाई लोक संगीत र संस्कृति प्रति आकर्षित गराउने उद्देश्यले यो इन्फिमको सुरुवात गरिएको आयोजकको भनाई छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका