परिवारका सबै २५ जनाको हातखुट्टामा २४ औँला

मंसिर ७, २०७३

मानिसको हातखुट्टामा गरी जम्माजम्मी २० औँला हुन्छन् । तर भारत बिहारस्थित गया जिल्लाको एक गाउँमा भने एउटा परिवारका सबै २५ जना सदस्यका २४ वटा औँला छन् ।

hand24-finger

२५ जना सदस्य रहेको उक्त संयुक्त परिवारका सबै सदस्यहरुका हात र खुट्टामा १२/१२ वटा औँला रहेका छन् ।

परिवारका सदस्य ५० वर्षका कृष्ण चौधरी आफ्ना हरेक हातमा ६/६ वटा तथा खुट्टामा पनि ६।६ वटा औँला रहेको बताउँछन् ।

आफ्ना बुवा तथा अन्य भाइबहिनी लगायत परिवारका सबै जनाका २४/२४ वटा औँला रहेको उनले बताए । धेरै औँला हुँदा पुरुषहरुलाई त खासै गाह्रो नहुने तर घरका छोरीहरुको विवाहका लागि केटा पाउन निकै कठीन हुने कृष्ण बताउँछन् ।

कृष्णकी भाउजु सितबिया परिवारका २४ औँलालाई भगवानको आशिर्वाद मान्दछिन् । परिवारमा अन्त कतै नभएको खुबी रहेको उनको भनाई छ ।

२४ औँलालाई भगवानको आशिर्वाद भनेर चित्त बुझाउने कुरा एक ठाउँमा छ । तर यो परिवारका लागि मिल्ने चप्पल पाउनै गाह्रो हुन्छ । ६ औँला भएको खुट्टामा मिल्ने चप्पल नपाउँदा उनीहरुले आरामदायी तरिकाले चप्पल लगाउन पनि पाउँदैनन् । आफुहरु कम्पनीमै गएर आफ्ना लागि मिल्ने आरामदायी चप्पल उत्पादनका लागि अर्डर गर्ने हैसियतमा नरहेको कृष्ण बताउँछन् ।

इसरी हातखुट्टामा बढि औँला हुनुलाई पोलिडक्टाइली भनिन्छ । यो एक आनुवांशिक समस्या हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको