तपाईंको शरिरमा पनि लुकेको छ यी ५ ‘सुपरपावर’, सायद थाहा छैन तपाईंलाई

मंसिर ७, २०७३

स्पाइडर म्यान, ब्याट्सम्यान, सुपरम्यानजस्ता फिल्म हेर्ने प्रत्येक बालकले आफूभित्र पनि ‘सुपरपावर’ भइदिए हुन्थ्यो भन्ने सोच्लान् । तर के तपाईंलाई थाहा छ प्रत्येक मानव शरिरमा सुपरपावर सुशुप्त अवस्थामा बसेको हुन्छ । यस्ता शक्तिको पहिचान गरेर यसको सहि प्रयोग गर्न मात्र आवश्यक हुन्छ ।

जतिबेला हामीले निकै बलपर्ने केही काम गर्नुपर्छ भन्ने महसुस हुन्छ तब हाम्रो शरिरले पाचन क्रियालगायतका अन्य काम गर्न छोड्छ ता कि हाम्रो सबै शक्ति त्यो मुश्किल काम गर्न प्रयोग हुन सकोस् । हामी कुनै पनि कुरा जटिल देखेर त्यसलाई गर्न सक्दैनौं भन्ने सोच्छौं यही कारणले हामी त्यो कुरा गर्नै सक्दैनौं । तर यस्ता थुप्रै उदाहरण छन् जब अचानक आवश्यकता पर्दा कोही व्यक्तिले यस्तो काम गर्दछ जुन त्यो व्यक्तिको लागि असम्भव छ । वास्तवमा यो सुपरपावर हरेक व्यक्तिभित्र लुकेको हुन्छ जुन आवश्यक पर्दा देखिन्छ ।

1super-powerआज हामी तपाईंलाई यस्तै घटनाबारे जानकारी दिँदै छौंः
जर्जियाको लरेन्सविलमा बस्ने एन्जेला केवालोले सन् १९६४ मा शेवरोलेट इम्पालाजस्तो ठूलो गाडीलाई आफ्नो हातले उठाइन् । यदि अहिले उनलाई कसैले करिब १६ सय किलोग्राम तौल भएको यो गाडीलाई उठाउनको लागि भन्छ भने सायद उनले अहिले यस्तो गर्न सक्दिनन् । जब उनको छोरा गाडीको मुनी दबियो र उनको ज्यान जोखिममा आयो तब अचानक उनको शरिरमा लुकेको सुपरपावर सार्वजनिक भयो ।

2super-powerशरिरले हरेक पीडा सहन सक्छः
कहिले काँही हामीलाई चोट लाग्दा पनि पीडा हुँदैन । यसो हुनुका कारण एन्डोर्फिन नामको हर्मोन जिम्मेवार हुन्छ । हाम्रो शरिरमा एन्डोर्फिन एक्सरसाइज गर्दा बन्छ भने हामी निकै खुसी हुँदा पनि यो रिलिज हुन्छ । यो हर्मोनले प्राकृतिक पेनकिलरको काम गर्दछ । यद्यपी, शरिरले पीडा पनि महसुस गर्नुपर्ने भएकोले यो हर्मोन सिमित मात्रामा नै बन्ने गर्दछ । जो मानिसको शरिरमा एन्डोर्फिन धेरै बन्छ त्यस्ता व्यक्तिलाई धेरै पीडा महसुस हुँदैन ।

3super-powerकानले पनि देख्न सक्नुहुन्छ तपाईंः
यो पढ्दा सायद तपाईंलाई अचम्म लाग्यो होला । हो, इकोलोकेशनमार्फत यस्तो सम्भव छ । केही समयसम्म निरन्तर अभ्यास गरेपछि तपाईं पनि सुनेर मात्रै कुनै कुराको दुरीको अन्दाज लगाउन सक्नुहुन्छ । यहाँसम्म कि तपाईं सुनेर पनि कुनै चिजको आकारबारे पनि अनुमान गर्न सक्नुहुन्छ ।

4super-powerसमयलाई नियन्त्रण गर्न सक्नुहुन्छः
हरेक व्यक्तिको हातमा समयलाई नियन्त्रण गर्ने ताकत हुन्छ । वास्तवमा मानिसको दिमाग दुई प्रकारको हुन्छ । यसलाई तपाईंले यसरी पनि बुझ्न सक्नुहुन्छ । जब तपाईं खुसी हुनुहुन्छ तब समय निकै चाँडो बित्छ भने यदि तपाईंलाई बोर लागिरहेको छ भने तपाईंलाई समय काट्न मुश्किल हुन्छ ।

एक साधारण व्यक्तिले हरेक मानिसमा ३५ देखि ४८ वटा कुराहरु एकैपटक सोच्छ । जब तपाईं कुनै कुराका कारण खुसी हुनुहुन्छ भने दिमागले सबै बेकार कुराबाट तपाईंको ध्यान हटाएर सिर्फ एउटा स्थानमा केन्द्रित हुन्छ । यस्तो अवस्थामा समय निकै चाँडै बितेको महसुस हुन्छ तर यो काम त्यति सजिलो छैन । यसको लागि तपाईंले निकै अभ्यासको आवश्यकता पर्छ ।

5super-powerहरेकसँग हुन्छ ‘सुपरमेमोरी’:
हो, संसारको हरेक व्यक्तिसँग स्मरणशक्ति तेज हुन्छ । अभ्यास नगरेपछि बिस्तारै मानिसहरुको स्मरणशक्ति क्षीण बन्ने गर्दछ । यो सुपरपावरलाई हाइपरथीमिसिया भनिन्छ । यसमा मानिसहरुलाई कुनै पनि वर्ष, कुनै पनि महिनाको कुनै पनि दिनको पूरा घटना याद हुन्छ । यद्यपी, हाइपरथीमिसियासँगै हरेक मानिसले निरन्तर अभ्यास गरेर आफ्नो सामान्य मेमोरीलाई सुपर मेमोरी बनाउन सक्नुहुन्छ ।

अमेरिकाकी जिल प्राइस संसारकी एक्ली महिला हुन् जसलाई हाइपरथीमिसिया छ । यसै कारणले उनलाई कुनै पनि दिनको हरेक घटना याद हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको