किन देखिन्छ यस्ता डरलाग्दा सपना ?

मंसिर ७, २०७३

मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि । तर,  त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्. । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ । गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । ६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो ।

48922889412-commonnn

अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् । बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ । उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ । मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ ।

यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ ।’ क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने । यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । स्वास्थ्य खबरपत्रिका नियमित नराम्रा सपना मुटुको समस्यासंग पनि गाँसिएको हुन्छ ।

अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ । मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ । गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ । यहीकारण मानिस  गहिरो निद्राबाट ब्युँझन सक्छ । र मानिसले खराब सपना सम्झन्छ ।

यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ । माइग्रेनले पनि नराम्रा सपना देखाउछ । धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन् ।

अन्ना म्यागी/डेली मेल


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको