कविता : मातृभूमि रोएकी छिन्

६ वर्ष अगाडि

288463_245973705433227_100000617972737_793783_7461329_o

बिल बहादुर बिक

 
बहुजाति बसोबास तराई पहाड हिमाल
संस्कृतिका धनी सुन्दर देश नेपाल
तर, सहिदको बलिदान त्यसै खेर गएको छ
अशान्तले मातृभूमि भित्र भित्रै जलेको छ ।।

गौतम बुद्व जन्मेको यो हाम्रो देश
ज्ञानको ज्योति फैलिएको छुट्टै छ भाषा भेष
तर दश वर्षको युद्वले ध्वस्त धेरै भएका छन्
छिया छिया छाती देखाउदै मातृभूमि रोएकी छिन् ।।

नेपाली वीर हामी वैरी शत्रु माथि जाई लाग्छौ
एक मुठी रगत रहुन्जेल देशकै लागि मर्छौ
तर, तराई आन्दोलनले हत्या हिंसा बढेको छ
छिया छिया छाती देखाउदै मातृभूमि रोहेकी छिन् ।।
सिर्जनशील यी हातहरु सधैं अघि सरेका छन्
राष्ट्रियताको भावनाले विकाश गर्न जुर्मुरहेका छन्
ग्रिबका दुख पीर बुझने यहाँ को छन्
छिया छिया छाती देखाउदै मातृभूमि रोएकी छिन् ।।

जनताको योगदानले आयो यहाँ लोकतन्त्रे
विश्राम गर्न नखोज चाहिन्छ यहाँ समाजवादी लोकतन्त्र
सामन्ती भनाउदा प्यूसाहरु समाजबाट गिराउनु छ
अनि मात्रा मातृभूमि छाती फुलाउदै रमाउने छिन् ।।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट