कता कता दुख्यो मन !!

मंसिर १२, २०७३

thapa suresh

सुरेश थापा ललितपुर

जीवनलाई हिसाब गर्दा आज वर्ष वर्ष नाघिरहँदा अहिले कयौं प्रश्नहरू क्रमिकरुपमा अगाडि आइरहेछ । कतिपय प्रश्नहरुको जवाफ पाइरहेको छैन । यहाँ सम्म आइपुग्दा कतिपय अमूल्य चिज नचाहँदा नचाहँदै गुमाउनु पर्यो , हरेक व्यक्तिले आफ्नो आधरभूत आवश्यकता भित्र राख्ने गास बास कपास शिक्षा स्वास्थ्य लगायत विषयहरू सहज र सरल बनाउने क्रममा धेरै सङ्घर्ष गर्नु परिरहेको छ । भन्न त विशिष्ट मानिसहरूले बोलिमा सादा विचार उच्च विचार हुनु पर्छ भन्छन तर यी भनाइलाई मात्र सीमित पारेर हेर्दा जति भन्न सजिलो छ त्यतिनै अहिले नेपाली भएर नेपाली जीवन विताउन अत्यन्तै कठोर भइरहेको छ ।
सानामा मलाई पढाउने मेरो शिक्षकहरूले भन्नुहुन्थ्यो , “ बाबू तमा क्षमता छ तँ राम्रो मान्छे बन्नुपर्छ ।“ सानाबेला मेरो शिक्षकले दिएको उपदेश सानो दिमागले सोच्दा साँच्चिकै राम्रो सोच बन्ने सोचिरहँदा दिएको उपदेशलाई मूल्यांकन गर्दा राम्रो मान्छे के मा चाँहि केमा चाँहि बनिन्छ भन्ने कयौँ प्रशनहरू आए ! कयौँ पटक परीक्षाको उत्तर पुस्तिकामा मेरो नेपाल सुन्दर शान्त र स्वतन्त्रता भन्ने शब्द लेखेरनै धेरै पटक पास त भएँ  तर अहिले बुझ्दा मेरो देश नेपाल कहाँ शान्त स कहाँ स्वतन्त्रता छ भन्ने प्रशनको उत्तर उठिरहेछ ।
अरु देशको सबालमा देशका सम्पूर्ण नागरिकहरूको जोखिमतालाई हेरेर प्रत्येक बच्चाहरूको शिक्षा र तिनीहरूले हाशिल गरेको शिक्षाको दक्षतालाई हेरेर रोजगार दिनेसम्म सरकारले जिम्मा लिन्छ तर खै ? हाम्रो देशका सरकार कहाँ कानमा तेल हालेर बसेको छ ? हामी आधुनिकतालाई हेरेर आजको समय प्रविधितिर उन्मुख भयो भन्छौँ तर मानिसको चाहाना अनुसार सरकार विकास र प्रविधिमुलुक  समाजतिर कहिले उन्मुख होला ? अन्योलमा छ मेरो देश ।
अधिकारको खोलो बगाउनुपर्छ , सम्पूर्ण गरिब जनताको जीवनस्तर उकास्नु पर्छ भनेर आन्दोलन गर्ने देशका व्यक्तिहरू नाम मा मात्र प्रतिष्ठित बने तर जनताप्रति प्रतिष्ठित बनेका खोई ? अधिकार दिलाउने विभिन्न सङ्घठनहरू छन् । विद्यार्थी , किसान तथा मजदुर , युवा सङ्घठनहरू लगायत विभिन्न सङ्घठनहरू छन् तर खोई आफ्नो उद्धेश्य अनुसार चलेको ? कोदालो खन्नेहरूको दिन कहिले आउँछ ? नदीमा माच्छा मारेर जीविका चलाउनेहरूको दिन कहिले आउछ ? गलैँचा बुन्नेहरूको दिन कहिले आउछ ? इतिहासका महापुरुष जसले देशको लागि शरीर दिए, तिनीहरूको सपनाहरूलाई साकार पार्ने को लागि पर्छ ? एक जोर लुगा त्यो पनि फाटेका लगाउने मानिसका दिन कहिले आउछ ? झोला विना हातमा किताब बोकी पढ्ने विद्यार्थीका भविष्य साकार बन्ने दिन कहिले आउछ ?
प्रश्नै प्रश्नै छ , आफ्नै देशमा जन्मिएर मातृभूमिलाई आत्मासाथ गर्दै जीवन विताउन पनि कठिन हुने नेपाल अनि नेपाली म जस्ता कयौँ नेपालीका दीन दुस्खी जीवन देख्दा र भोग्दा कता स कता दुख्यो मन !


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको