अनुरोधको गजल

मंसिर १७, २०७३

anurodh
लप पनि थाहै नपाई पर्दो रैछ यार ।
भोक निन्द्रा सबै यसले हर्दो रैछ यार ।।

कुनै ख्याल नराखेर आफ्नो जिउ ज्यान ।
उसकै लागी मरिहत्ते गर्दो रैछ यार ।।

मन मन्दिरमा तस्वीर सजाई राखेर ।
दुई मुटु एक अर्कामा सर्दो रैछ यार ।।

सदा खुशीरहने बहाना खोजी मायाले ।
मुहारमा मिठो मुस्कान छर्दो रैछ यार ।।

सधैभरीनै मायागर्ने मान्छे पाउँदा त ।
दु:ख पिडाहरु नि त्यसै टर्दो रैछ यार ।।
     अनुरोध लुईटेल  @कैलाली


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको