सञ्चारकर्मी टिकाजंगले रक्षाको प्रशंसा गरेपछि के भयो ? (हेर्नुस भिडियो )

मंसिर १८, २०७३

नलाउ पाउजु शिरबन्दी तिमी त्यसै राम्री छौँ
नसजाउ मेहन्दी तिमी त्यसै राम्री छौँ
किन चाहियो सोह्र श्रृङगार गुराँसको थुँगोलाई
जाईजुई फुल भन्दा नी तिमी झनै राम्री छौँ
यसरी मिठो शब्दमा मोडेल टिकाजंग थापाले रक्षा श्रेष्ठको प्रशंसा गरेको भिडियो सार्वजनिक भएको छ । विश्व श्रेष्ठको शब्द , गायक तथा संगितकार सोनाम बजुको स्वर तथा संगितमा रहेको “नलाउ पाउजु शिरबन्दी तिमी त्यसै राम्री छौँ” बोलको गितमा मोडेल टिकाजंग थापा र रक्षा श्रेष्ठले आफ्नो दमदार प्रस्तुति दिएका हुन ।

rachha

रोमान्टिक पप विधामा रहेको यो गित अहिले आम युवायुवतिको मुखमा झुन्डिन पुगेको छ भने हास्य कलाकारिताको क्षेत्रमा पुरानै भए पनि नव प्रवेशी मोडेलको रुपमा उदाएका टिकाजंग थापाको तथा सुन्दरी मोडेल रक्षा श्रेष्ठको अभिनयको मुक्तकण्ठले प्रसंसा भईरहेको छ । एल्वम गौरतामा समावेश भएको यो गितका गायक सोनाम वज्यु स्थापित गायक हुन । यस गित पछि उनको सांगितिक बजार पनि अझ फराकिलो भएको छ । श्री म्युजिक प्राईभेट लिमिटेडबाट बजारमा आएको यो गितको निर्देशन सागर लामा गोलेले गरेका हुन् ।

भिडियो 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको