सबै मिलौं, सम्पदा जोगाऔॅ

मंसिर १९, २०७३

kesar

केशर विश्वकर्मा

काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँको हावापानी, भु–बनावट,रहनसहन, रितिरिवाज, चालचलन, भेषभूषा पनि अन्य देशको भन्दा फरक किसिमको पाइन्छ । यहाँको पूर्व मेचिदेखी पश्चिम महाकाली सम्मको वातावरण पनि एकै किसिमको पाइदँैन । ठाउँ अनुसार परिवेश पनि फरक छ त जातजाति, संस्कृति, धर्म–कर्म पनि फरक–फरक छ । नेपालका प्राय सबै ठाउँहरु धर्म संस्कृतिले धनी छन । त्यसमा पनि कर्णाली अञ्चलको जुम्ला जिल्लालाई नेपाली भाषाको केन्द्रका रुपमा लिन सकिन्छ । प्रशासनिक हिसाबले समग्र कर्णाली अञ्चल राजधानीबाट निकै टाढा रहेको छ । जुम्ला सांस्कृतिक र धार्मिक पक्षमा मात्र होइन, उर्वराशक्तिले पनि उत्तिकै प्रख्यात जिल्ला हो ।

प्रचुर मात्रामा देवीदेवताको मुर्ती भएको जुम्ला जिल्लाको इष्टदेव चन्दननाथ परिसरबाट केही समय अगाडि चन्दननाथ, भैरव र अरु दुई दर्जनभन्दा बढी मुर्तिहरु चोरी भएका छन् । यस घटनाले जुम्लावासीहरु मात्र नभई धार्मिक क्षेत्रमा आस्था राख्ने सबै नेपालीहरु आक्रोशित बनेका छन् पुजारी र मन्दिर व्यवस्थापन समिति साथै सुरक्षा शाखा अति नै कमजोर देखिएको छ । यसरी धार्मिक क्षेत्रमा भएको चोरी अनि कमजोरी जस्तो जघन्य घटना हुँदा समेत सुरक्षा लगायत व्यवस्थापन समिति कमजोर हुनु गम्भीर विषय भएको छ । सडकको विकास पुर्णरुपमा नभएका कारण हराएका मुर्तीहरु नजिकै रहेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

भगवान प्रती आस्था र विश्वास राख्ने नेपालीहरु पछिल्लो समय देवीदेवताका मुर्ती चोरी हुनु, सांस्कृतिक सम्पदाहरुमाथि तोडफोड अतिक्रमण हुनुजस्ता अनैतिक, आपराधिक क्रियाकलाप हुनु हामी नेपालीहरुको लागि त राम्रो कुरो यसै होइन, यसबाट अन्तर्राष्ट्रिय जगतमा समेत नराम्रो सन्देश गएको छ । यसरी हराइरहेका मुर्तीहरुको अविलम्ब खोजी गरी दोषीलाई कडा कारबाही गरिनुको साथै भावी दिनमा यस्ता आपराधिक घटना हुनबाट बचाउन सरकार तथा आम जनसमुदाय एकजुट भई जुट्नुपर्ने अवस्था सिर्जना भएको छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको