गायक धिरज धुतराजको एकल एल्वम ‘माई सोल’ सार्वजनिक

मंसिर १९, २०७३

काठमाडौँ : गायक धिरज धुतराजको एकल एल्वम ‘माई सोल’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उक्त एल्वमलाई वरिष्ठ नृत्य निर्देशक तथा साहित्यकार भैरबबहादुर थापाले विमोचन गरे । १३ वर्ष अघि देखि रेकर्ड भएका गीतहरु समावेश गरिएको एल्वममा ६ वटा गीत समावेश गरिएका छन् ।

एल्वममा महाराजा थापाको शब्दमा ‘बोल–बोल’, शुरेशकुमार क्षेत्रीको तिम्रो त्यो साथ र स्व. विशाल राईले लेखेका आमा कसरी भनु, हर दिन हर रात, देखे तिमीलाई र भुलेर बोलका गीत समावेश छन् । भुलेर बोलको गीतमा संगीत अशोक थापाको रहेको छ भने बाँकी सबै गीतमा महाराजा थापाले संगीत भरेका छन् ।
dhiraj_dhutraj_my_soul-3
तिम्रो त्यो साथ वोलको गीतमा धिरजलाई सवनम गुरुङले साथ दिएकी छन् । कार्यक्रममा सत्यराज आचार्य, स्वरुप राज आचार्य, संगीतकार राजु सिंह, शुरेश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा नृत्य निर्देशक थापालाई सम्मान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको