यी पाकिस्तानी मोडलको फोटो भाइरल भयो, कारण थाहा पाउँदा चकित हुनुहनेछ

मंसिर २२, २०७३

एजेन्सी : पाकिस्तामा ग्ल्यामर इन्डष्ट्रिको विकास आजकाल निकै धेरै भइरहेको छ । यहि विकासको सूचकको रुपमा पाकिस्तानी एक मोडलको फोटो निकै भाइरल भइरहेको छ । पहिलो नजरमा उनले गराएको यो फोटोसुट साधारण लाग्छ तर जब तपाईंले यसको वास्तविकता थाहा पाउनुहुनेछ तपाईंले पुनः एकपटक यो फोटोलाई हेर्नुहुनेछ ।

kami-2कामी सइद पाकिस्तानकी चर्चित तेस्रोलिङ्गी अधिकारकर्मीमध्येकी एक हुन् । उनी पाकिस्तानकी पहिलो तेस्रोलिङ्गी मोडल पनि हुन् । केहि दिन अघि उनले फोटोसुट गराएकी छिन् जसलाई धेरै मानिसहरुले रुचाएका छन् । कामीका अनुसार यो फोटोसुटले पाकिस्तानीको मन मस्तिष्कभित्र तेस्रोलिङ्गी वर्गका मानिसहरुप्रति आफ्नो धारणा परिवर्तन गरिदिने काम गर्नेछ ।

kami-3सबैभन्दा नराम्रो हालतमा बस्न बाध्य गरिन्छः
पाकिस्तानमा तेस्रोलिङ्गीहरुको स्थिती निकै नाजुक छ । उनीहरुमाथि निकै नराम्रो व्यवहार गरिन्छ । यसै वर्षको मे महिनामा २३ वर्षीया तेस्रोलिङ्गी महिला अलिशालाई गोली हानी हानियो । कुरा यतिमा मात्र सिमित भएन, उनलाई अस्पतालमा पनि उनको राम्रोसँग उपचार गरिएन जसका कारण उनको मृत्यु भयो । पाकिस्तानको उत्तर प्रान्तमा सन् २०१५ देखि अहिलेसम्म ४५ भन्दा बढि तेस्रोलिङ्गीलाई मारिएको छ ।

kami-4जो कोहीले गर्छन् बलात्कारः
पाकिस्तानी तेस्रोलिङ्गीलाई समाजमा निकै निज प्रकारले हेरिन्छ । तर तिनै पाकिस्तानी उनीहरुलाई बलात्कार गर्न भने पछि पर्दैनन् । सबैभन्दा अचम्मको कुरा के छ भने बलात्कार गर्ने व्यक्तिले केही पनि सजायँ पाउँदैन ।

kami-5कामी हुन् पाकिस्तानी तेस्रोलिङ्गीका नयाँ आशाः
एलजीबीटीआई अधिकारकर्मी कामी पाकिस्तानकी पहिलो तेस्रोलिङ्गी मोडल हुन् । उनी तेस्रोलिङ्गीको हक अधिकारको लागि आवाज उठाउँछिन् । उनले धेरै अन्तर्वार्ता दिएकी छिन् र बीबीसी डकुमेन्ट्रीमा पनि काम गरेकी छिन् ।

kami-6


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको