बोल्दा आवाज आएन ? यसो गर्नुहोस्

मंसिर २२, २०७३

होहल्ला गर्ने तथा चिच्याउने गर्दा कहिलेकाहीँ स्वर नै सुक्न सक्छ । कुनै वेला नारा–जुलुसमा चर्को बोल्दा या चिसोमा धेरै बस्दा पनि स्वर भासिन सक्छ । यस्तो समयमा बोल्नुपर्दा निकै असहज महसुस हुन्छ ।

ghati

बोल्दा आवाज ज्यादै मसिनो आउने कारण तथा यसको उपचार गर्ने तरिकाबारे नाक–कान–घाँटीरोग विशेषज्ञ डा. लालकिशोर यादव यसो भन्छन् : –

बोल्दा आवाज मसिनो सुनिने गरि स्वर सुक्नुको कारण  स्वर नली (भोकल कर्ड)मा समस्या आउनु हो ।

भोकल कर्ड सुन्नियो भने अकस्मात स्वर सुक्ने समस्या हुन सक्छ ।

कहिलेकाहीँ आफैँ केही समस्याले भोकल कर्ड सुन्निन्छ ।

धेरै चर्को बोल्दा या चिच्याउँदा पनि भोकल कर्डमा दबाब पर्छ र सुन्निन्छ ।

भोकल कर्ड जति धेरै सुन्नियो, स्वर उति नै सुक्छ ।

घाँटीमा इन्फेक्सन भएर पनि स्वर सुक्ने गर्छ ।

टन्सिल भएको वेला पनि स्वर सुक्न सक्छ ।

इन्फेक्सनले भोकल कर्डलाई बाक्लो बनाइदिन्छ र स्वर भासिन्छ ।

कतिपयको स्वर जन्मजात नै भासिएको हुन्छ, धोद्रो पनि हुन्छ । यो प्राकृतिक समस्या हो ।

यसरी गर्न सकिन्छ समाधान

आफैँ या चर्को बोलेर सुकेको स्वर फर्काउन भोकल कर्डलाई आराम दिनुपर्छ । यसलाई कुनै उपचार गर्नुपर्दैन । यसको उपचार भनेकै केही दिनसम्म नबोल्ने प्रयास गर्नु हो । केही दिनमा आफैँ कम हुँदै जान्छ ।

इन्फेक्सनका कारण स्वर भासिएको छ भने संक्रमण हटेपछि आफैँ निको हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा एन्टिबायोटिक लिन सकिन्छ ।

जन्मजात प्राकृतिक रूपमा सुकेको स्वर पनि फर्काउन नसकिने होइन । यसका लागि जटिल खालको फोनो सर्जरी आवश्यक हुन्छ । तर, यसरी गरिएको सर्जरीले पनि पूर्ण रूपमा स्वर उकास्न सक्छ नै भन्न सकिँदैन ।

नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको