बच्चा पाउनुको खुसी केवल एक वर्षका लागि मात्र !

मंसिर २८, २०७३

बच्चा भएका मानिसहरु अरुभन्दा खुसी रहन्छन् भन्ने मान्यता हुन्छ । तर एक वृहत अध्ययनले भने बच्चा पाउँदैमा मानिस सधैंभरीलाई खुसी नहुनेे देखाएको छ ।

Child-with-Parent
अमेरिका, बेलायत, जर्मनी र अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार बच्चा पाएपछिको अभिभावकत्वको खुसी केवल १२ महिना मात्र टिक्दछ । तर त्यो समयपछि वस्तुपरक सुखद जिवनयापनमा कुनै सुधार हुँदैन ।

लण्डनमा आयोजित एक सम्मेलनमा पेश गरिएको रिपोर्टमा शोधकर्ता एन्ड्रीयु क्लार्कले भनेका छन्, ‘बच्चा पाउनुले मानिसको सुखद जिवनयापनमा प्रणालीबद्ध रुपमा ठूलो प्रभाव पार्ने तथ्य हामीले फेला पारेनौं ।’

तर जिवनमा जिवनसाथी हुनुले भने मानिसको सुखद जिवनयापनमा ठूलो प्रभाव पार्दछ । पार्टनर हुनुको सकारात्मक प्रभाव समयक्रमसँगै घट्ने भन्ने हुँदैन जिवनपर्यन्त रहन्छ ।

तर बच्चा हुनुको हकमा भने यो लागू हुँदैन । बच्चा पाउने कुराको कल्पना गर्नु, परिवारमा बच्चा भएमा जिवन निकै खुसीपूर्ण हुने कुराको कल्पना गर्नु राम्रो हो । तर बच्चा हुनुको मज्जा भने केवल १२ महिनासम्म मात्र कायम रहन्छ ।

तर शोधकर्ताहरुले बच्चा जन्मिएको सुरुको ४ वर्षको अध्ययन गरेर मात्र यो निष्कर्ष निकालेको हुनाले त्यसपछिका वर्षहरुमा परिवारमा जन्मिएका बच्चाहरुले अभिभावकको सुखद जिवनमा पार्ने प्रभावको अझै अध्ययन हुनु आवश्यक रहेको बताइएको छ । आफ्नो सन्तान हुनु दीर्घकालमा अझ बुढेसकालमा अभिभावकका लागि निकै फलदायी हुनसक्ने तर्फ शोधकर्ताहले आशा व्यक्त गरेका छन् ।

-डेलीमेलको सहयोगमा


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको